arrow

काग कराउँदै नाकाबन्दीको विरोध

logo
प्रकाशित २०७२ मंसिर २१ सोमबार
Ramesh.jpg.jpeg
काठमाडौं । भारतले गरेको अघोषित नाकाबन्दीको बिरुद्धमा आइतबार बिहानै कागै कागले भारतीय दुतावास घेरेका छन् । तिन महिना भन्दा बढि हुँदासम्म पनि भारतले नेपाल माथिे ज्यातती देखाएको भन्दै राष्ट्रिय संगितकर्मि संघको आयोनामा ‘बृहत काग सम्मेलन’ कार्यक्रम गरेर दुतावास घेराऊ गरीएको हो । 

एक सय ७३ फरक आवाज निकाल्न सक्ने कलाकार रमेश दुलालले राजधानीको लैनचौरस्थित भारतीय दूतावासको प्रमुख गेट अगाडि जब करिब २ मिनेट कागको आवाज निकाले, त्यो  बेला सयौं कागहरु वरपर आएका थिए । पहिलो आवाजमा कागलाई भारतले गरेको नाकाबन्दीको बारेमा सुचना दिएको र पछि भारतीय दूतावास घेर्न बोलाएको आवाज निकाले पछि काग जम्मा भएको कलाकार दुलालले बताए । 

‘भारतसामु नेपाली जनताले घुँडा कहिल्यै टेक्दैनन, अब कागले पनि भारत सामु घुँडा टेक्दैन भन्ने सन्देश दिन कार्यक्रम गरिएको हो ।’ कलाकार दुलालले भने । यमराजको प्रतिक मानिने काग यमलोकको खबर यमराज मार्फत पठाए जस्तै काग मार्फत पनि भारतसमक्ष नझुक्ने सन्देश पठाइएको उनले बताए ।

दूतावास घेराउ कार्यक्रममा विभिन्न कलाकारदेखि बिभिन्न संस्थाका महिलाहरुको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित लोक तथा दोहोरी गायक प्रकाश कटुवालले पनि नेपाली जनता भारत सामु कहिल्यै नझुक्ने प्रतिज्ञा जनाएका थिए । साथै कलाकार नवराज घोरासैनी, राजेन्द्र कार्की लगायतले पनि नाकाबन्दीको बिरुद्धमासम्पुर्ण नेपाली जनताले आवाज उठाउनु पर्ने बताएका थिए । बिभिन्न महिलाहरुले पनि काग मार्फत सन्देश पुग्ने भन्दै सो कामको प्रशंशासमेत गरेका थिए
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ