arrow

गोरखाको केरौंजा–९ दोभानमा पहिरो जाँदा एक विदेशीसहित ४ को मृत्यु

घाइते हुनेमा ४ विदेशी, दुई नेपाली

logo
प्रकाशित २०७३ असोज ६ बिहिबार
Gorkha-hamrakura-new-.jpg.jpeg.jpeg
काठमाडौं । गोरखाको केरौंजा–९ दोभानमा पहिरो जाँदा पदयात्रामा रहेका विदेशी सहित चार जनाको मृत्यु भएको छ । 
 
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेमा काठमाडौं गोकर्णका ट्रेकिङ गाइड दोर्जे लामा, छिरी शेर्पा र ओखलढुङ्गाकी रन्जना बस्नेत छन् । पहिरोमा परी मृत्यु हुने स्पेनिश नागरिक हुन् । उनकाे नाम भने खुलेको छैन । 
 
बाटोमा हिँडिरहेका उनीहरु माथिबाट खसेको पहिरोले च्यापिएका हुन् । पहिरोमा च्यापिएर ६ जना घाइते भएका छन् । घाइते मध्ये चार विदेशी र २ नेपाली छन् । घाइते सबैलाई फिस्टेल एयरको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको छ । 
 
वुधबार रातिदेखिको पानीका कारण उहिया–केरौंजा–९ दोभाननजिकको झोलुङ्गे पुल पारी पहिरो गएको हो । मनास्लुबाट खसेको पहिरोले विहान पदयात्रामा गएका पर्यटक र गाइड पुरिएका हुन् । पहिरो झर्ने क्रम अझै नरोकिएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ