arrow

भावुकको ‘अक्षरका फूल’ सार्वजनिक

logo
प्रकाशित २०७३ असोज ६ बिहिबार
parisadrolpa.png
लिबाङ (रोल्पा) । ललित साहित्य परिाषद् रोल्पाको आयोजनामा एक समारोहका वीच युवा गजलकार राम भावुकको ‘अक्षरका फूल’ गजलसंग्रह बुधबार लिबाङमा सार्वजनिक गरिएको छ ।  नेपाली लेखक संघका केन्द्रीय सदस्य एवम् कार्यक्रमका प्रमुख अतिथि साहित्यकार दामु मर्सिफुलले ‘अक्षरका फूल’ नामक गजलसंग्रहको लोकार्पण गरेका थिए भने साहित्यकार नारायण रेग्मी जिज्ञासुले गजल संग्रहको समीक्षा गरेका थिए । 
 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मर्सिफुलले निरन्तर साधनारत रहेमा अवश्यपनि सफलता हात पार्ने बताउदै अबको साहित्य लेखनले समाज परिवर्तन गर्नुपर्नेमा जोड दिए । गरिवीको कारण कृति प्रकाशन गर्न अत्यन्त कठिन हुने बताउने गजलकार भावुक २०५४ साल वैशाख १ गते मिरुल २ रोल्पाको काफलडाँडामा जन्मिएका हुन् । उनको ६० पृष्ठको ‘अक्षरका फूल’ गजलसंग्रहभित्र ४० वटा गजलहरु समावेश गरिएका छन् ।
गजलकारको यसअघि २०७२ सालमा अमर साइनो संयुक्त गजलसंग्रह,  प्रकाशित भइसकेको छ  । 
 
विमोचन कार्यक्रममा राप्ती साहित्य परिषद्, रोल्पाका अध्यक्ष गोकर्ण पुन, पत्रकार एवं कवि खेम बुढामगर, नेपाल पत्रकार महासंघ, रोल्पाका सचिव ईश्वरी जी.एम., गजलकार राम भावुक लगायतले शुभकामना मन्तब्य राखेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ