arrow

सदन खुलाउने विषयमा तीन दलका शीर्षनेताबीच छलफल

logo
प्रकाशित २०७२ मंसिर २१ सोमबार
CA-building.jpg.jpeg
काठमाडौँ । लामो समयदेखि अवरुद्ध रहेको व्यवस्थापिका–संसद्को बैठक खुलाउने विषयमा प्रमुख दलका शीर्षनेताहरुबीच छलफल भएको छ ।  सभामुख ओनसरी घर्तीको कार्यकक्ष सिंहदरबारमा सोमबार भएको छलफलमा लामो समयदेखि सदनमा जारी अवरोध खुलाउने विषयमा छलफल केन्द्रित रहेको थियो । 

तराई–मधेसमा आन्दोलनरत मधेसवादी दलको अवरोधका कारण सदन अवरुद्ध हुँदै आएको छ । संयुक्त मधेसी मोर्चालाई पनि विश्वासमा लिएर सदन खुलाउने विषयमा छलफल भएको बताइएको छ ।  सभामुखका निजी सचिव सुरजकुमार दुराले प्रमुख दलका शीर्षनेताहरुबीच सदन खुलाउने विषयमा छलफल भएको जानकारी दिए । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका तर्फबाट नेता महेश आचार्य र प्रमुख सचेतक चीनकाजी श्रेष्ठ सहभागी थिए । काँग्रेस सभापति कोइराला राजधानीबाहिर रहेकाले छलफलमा सहभागी हुन सकेनन् । 

अहिले प्रमुख दलका शीर्ष नेता र मधेसी मोर्चामा आवद्ध दलका नेताहरुबीच संसद भवन नयाँ बानेश्वरमा छलफल चलिरहेको छ । सदनको बैठक आज बिहान ११ बजेका लागि बोलाइए पनि छलफल जारी रहेका कारण सदनको कारवाही सुरु हुन सकेको छैन ।

मोर्चाद्वारा संसद अवरुद्ध 
व्यवस्थापिका संसदको बैठक सोमबार पनि अबरुद्ध भएको छ । मधेसी मोर्चाका सांसदहरुले बैठक अबरुद्ध पारेका हुन् । बैठक सुरु भएलगत्तै आ–आफ्नो स्थानबाट उठेर मोर्चामा आबद्ध दलका सांसदहरुले नाराबाजी गरेका थिए ।
आजको बैठकमा संविधान संशोधन प्रक्रिया सुरु गर्ने कार्यसूची भए पनि अवरोधका कारण हुन सकेन  । संसद बैठक मंसिर २४ गते ३ बजेसम्मका लागि स्थगित भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ