arrow

सरकारी अस्पतालको हालत बुझ्न बिरामीको भेषमा स्वास्थ्यमन्त्री थापाका दूत

logo
प्रकाशित २०७३ असोज ७ शुक्रबार
gagan_Drkc.jpg.jpeg
काठमाडौं । स्वास्थ्यमन्त्री गगन थापाले सरकारी अस्पतालले दिने सेवासहित समग्र अवस्थाबारे जानकारी लिन स्वयंसेवक युवालाई बिरामीको भेषमा परिचालन गरेका छन् ।
 
ती स्वयंसेवकले अस्पतालले बिरामीलाई दिने सेवा, गर्ने व्यवहार, भौतिक पूर्वाधार अवस्था, समस्या र सुधार क्षेत्रलगायत विषयमा बुझेर मन्त्रीलाई जानकारी गराउँछन् ।
 
अस्पतालका समस्या पहिचान गरी समाधान रणनीति तर्जुमा गर्न सहयोग पुगोस् भनेर उनले स्वयंसेवक युवालाई बिरामीको भेषमा ‘गुप्त दूत’ बनाएर परिचालन गरेका हुन् ।
 
मन्त्री भएपछि उनी स्वयं पनि विभिन्न अस्पताल पुगेर समस्या र समाधानका उपायबारे जानकारी लिइरहेका छन् । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ