arrow

कैलालीमा ग्लोबल आइएमईको थप २ शाखारहित बैंकिङ्ग सेवा

logo
प्रकाशित २०७३ असोज ७ शुक्रबार
global-ime.jpeg
कैलाली। ग्लोबल आइएमई बैंकले सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा कैलाली जिल्लामा थप २ वटा शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको छ। कैलाली जिल्लाको ओलानी गा.वि.स. वडा नं ६ गोदावरी र सोल्टा गा.वि.स वडा नं. ७ सुगारखालमा सेवा सुरु गरिएको हो।यि दुवै सेवाको ग्लोबल आइएमई बैंकका बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख प्रसन्न बाँस्कोटाले ज्यूले व्यवसायीक प्रतिनिधिलाई प्रमाणपत्र तथा मसिन हस्तान्तरण गरेर उद्घाटन गरे।
 
बैंकिङ्ग सेवा उपभोग गर्न टाढा सम्म धाउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंकले शाखारहित बैंकिङ्ग सेवा सञ्चालन गरेपछि स्थानिय बासिन्दाले घरदैलोबाटै सेवा उपभोग गर्न पाएकोमा खुसी व्यक्त गरेका छन्। बैंकले ओलानी गा.वि.स.मा सुरु गरेको सेवा सञ्चालनका लागि स्थानिय नविन बहादुर सिंह र सोल्टा गा.वि.स मा गरेको सेवाको लागि स्थानिय हिरा देवि जैसी लाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ। कैलालीमा सुरु गरिएका २ सेवा सहित ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ४४ पुगेको छ।
 
ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवामा पैसा जम्मा गर्ने, भुक्तानी गर्ने, मोवाईल रिर्चाज गर्ने तथा आफ्नो खाताबाट अरुको खातामा पैसा ट्रान्सफर गर्ने लागायतका सुबिधा रहेका छन्। ग्लोबल आइएमई बैंकले बैंकिङ्ग सेवा पुग्न नसकेका स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवाको माध्यमबाट आधारभुत बैंकिङ्ग सेवा पुर्याउदै आएको छ। यस संगै ग्लोबल आइएमई बैंकका ९१ शाखा, १०३ एटिएम र ४४ शाखारहित बैंकिङ्ग सेवा पुगेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ