arrow

करारमा कार्यरत इन्जिनियरहरू आन्दोलनमा

logo
प्रकाशित २०७३ असोज ७ शुक्रबार
punanirman.jpg.jpeg

काठमाडौं । भूकम्पपछिको पुनर्निमाणका लागि गठित पुनर्निर्माण प्राधिकरणको सिफारिसमा करारमा कार्यरत इन्जिनियरहरू आन्दोलनमा उत्रिएका छन् । सहरी विकास मन्त्रालयअन्तर्गतका प्राविधिक इन्जिनियरहरुले चरणबद्ध आन्दोलन अन्तर्गतका इन्जिनियरहरू आन्दोलनमा उत्रिएका हुन् । 

 
गत वैशाख १२ गतेबाट ३ महिनाका लागि करार सम्झौता गरी काम सुरु गरेका इन्जिनियरहरू असार १२ गते करार अवधि सकिएपछि पनि आफूहरुको करार नियुक्ति नवीकरण नभएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । उनीहरूलmे आफूले काम सुरूगरेपछि सरकारी नियमकोबारेमा जानकारी प्राप्त गरेकोले आफ्नो हक र अधिकारको लागि आन्दोलनमा उत्रिनुपरेको बताउँदै आएका छन् । 
 
असोज १ गतेदेखि चरणबद्ध आन्दोलनमा उत्रिएका उनीहरू र सरकारबीच शुक्रबार काठमडौको बबरमहलमा रहेको शहरी विकास तथा भवन निर्माण विभागमा वार्ता भएको थियो भने वार्ताबाट शुक्रबार नै केही टुङ्गो लाग्न सकेको छैन । 
 
चरणवद्ध आन्दोलन अन्तर्गत् इन्जिनियरहरूले मंगलबार ¥याली, बुधबार विभागमा धर्ना, बिहीबार प्रधानमन्त्रीलाई ज्ञापन बुझाएर शुक्रबार वार्तामा बसेको इन्जिनियर रमेश सुवेदीले जानकारी दिए । 
 
गाविसमा आफूहरुले काम गर्ने कार्यालयको व्यवस्था, प्राविधिक उपकरणहरुको व्यवस्था, दुर्घटना बीमा, दूर्गम भत्ता, आवास, खाना, बिदा, तलब वृद्धिलगायतका सेवा सुविधान माग गर्दै आफूहरु आन्दोलमा उत्रिएको करार इन्जिनियर सुवेदीले बताए।
 
‘सहरी विकास मन्त्रालयले हामीलाई नयाँ कन्ट्रयाक पठाइसकेको छ,’ उनले भने, ‘तर विगतकै तलब स्केल तथा सेवा सुविधानविहिन सर्तमा हामी सम्झौतामा हस्ताक्षर गर्न सक्दैनौं।’
 
हाल देशभर करिब २ हजार ५ सय करार इन्जिनियर तथा प्राविधिक भूकम्पपछिको पुनर्निर्माणका लागि प्राविधिक सहयोगीका रुपमा कार्यरत छन्। भूकम्पको केन्द्रबिन्दु मानिएको गोरखामा १ सय २९ जना इन्जिनियर प्राविधिक कार्यरत छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ