arrow

पुरानो योजना सम्झदै महराले भने हातहातमा मोबाइल घरघरमा इन्टरनेट

logo
प्रकाशित २०७३ असोज ८ शनिबार
krishna-bahadur-mahara-new.jpg.jpeg
काठमाडौँ। नेपालीको महान् चाड विजयादशमीका अवसरमा आकर्षक छुट र यथेष्ट सुविधा सहितको सामसुङ ग्यालेक्सी जे २ सिक्स सिटिसी मोबाइल एक्स्पो २०१६ शुक्रबारबाट सुरु भएको छ । 
 
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले मोबाइल एक्स्पोको शुक्रबार उद्घाटन गर्दै आफूले सञ्चारमन्त्री हुँदा ल्याएको हातहातमा मोबाइल घरघरमा इन्टरनेटको विशेष कार्ययोजनाअनुसार नै नेपालमा सूचना प्रविधिको विकास भइरहेको बताए । 
 
अर्थमन्त्री महरालेआफ्नो सोही योजनामा नेपाल टेलिकमले थप ३५ लाख सिमकार्ड बजारमा पठाएको जानकारी दिँदै वर्तमान युगमा जनताको भावनालाई समेट्दै अघि बढ्नुपर्नेमा जोड दिए । 
 
सिभिल ग्रुपका अध्यक्ष तथा सांसद इच्छाराज तामाङले मोबाइल एक्स्पोले महलको व्यावसायीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै मलमा रहेका व्यवसायीको हितका पक्षमा मलले सबैखाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 
 
सामसङ नेपालका प्रणय रत्न स्थापितले नेपालकै ठूलो मोबाइल बजारमा आयोजना गरिएको मोबाइल एक्स्पोले कम्पनीको बजार प्रवद्र्धनमा समेत मद्दत पुग्ने अपेक्षासहित मुख्य प्रायोजक बनेको जानकारी दिए । 
 
सिटिसी मोबाइल बजारमा प्रदर्शनी गरिएको सो एक्स्पोमा सिटिसीका अध्यक्ष सन्दिपमान श्रेष्ठले बजार प्रवद्र्धनको मुख्य योजनासहित एक्स्पोको आयोजना गरेको र बजारमा ग्रे मार्केटका फोनलाई पूर्णतः निषेध गरिनुका साथै सस्तो र गुणस्तरीय मोबाइल खरिदका लागि सिटिसी मोबाइल बजार उपयुक्त गन्तव्य भएको बताए । 
 
एक्स्पोमा रु ८०० देखि एक लाख ५० हजारसम्मका मोबाइल कारोबार गरिने एक्स्पोमा ब्रान्डेड मोबाइल र एसेसरिजको खरिदमा आकर्षक छुट सुविधा उपलब्ध गराइएको छ । साथै केही कम्पनीले ५० प्रतिशतसम्म छुटको व्यवस्थासमेत गरेका छन् । 
 
मोबाइल एक्स्पोमा आधुनिक प्रविधिका मोबाइल, ट्याबलेट, फ्याबलेट र एसेसरिजको बिक्री वितरण गरिनेछ । यही असोज १५ गतेसम्म चल्ने एक्स्पोमा सिटिभी मोबाइलले एलजी मोबाइलको एल ६ मोडलको खरिदमा अर्कौ मोबाइल उपहारस्वरुप प्रदान गरेको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ