arrow

मुटु दिवसमा साइकल र्‍याली

logo
प्रकाशित २०७३ असोज ८ शनिबार
Two-cyclists-in-the-bicycle-race-Sport-illustration--Stock-Vector.jpeg
पोखरा। साइकल चढौँ, स्वस्थ्य बनौँ, वातावरण जोगाऔँ र पर्यटन प्रवद्र्धन गरौँ भन्ने मूल नाराका साथ शनिबार बिहान यहाँ बृहत् साइकल र्‍यालीको आयोजना गरियो । 
 
विश्व मुटु दिवसको अवसरमा साइकल सिटी पोखराको आयोजनामा भएको सो र्‍यालीमा ६०० साइकल यात्रीको सहभागिता रहेको थियो । 
 
पोखरालाई साइकलमैत्री पर्यटकीय सहर बनाउने उद्देश्यले र्‍यालीको आयोजना गरिएको कार्यक्रम संयोजक नीरज थापाले जानकारी दिए । 
 
र्‍यालीमा विश्व साइकलयात्री पुष्कर शाह पनि सहभागी थिए । त्यस्तै ५५ वर्षदेखि साइकल चढ्दै आएका ८६ वर्षीय जगतबहादुर रञ्जितलाई कार्यक्रममा सम्मान गरिएको थियो । ञ्जितले विसं २०१८ मा किनेको साइकल अहिलेसम्म चढ्दै आएका छन् । 
 
पोखराको लेकसाइडस्थित बाराहीघाटबाट सुरु भएको र्‍याली हल्लनचोक, सिर्जनाचोक, बगालेटोल, बगर, महेन्द्रपुल, पृथ्वीचोक हुँदै लेखनाथ नगरपालिकाको बेगनासतालस्थित डुङ्गाघाटमा पुगेर सम्पन्न भएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ