arrow

अष्ट्रेलियामा सन्दीपको चर्चा : पहिलो खेलमै देखाए जादु, माइकल क्लार्क थप मोहित

भने, ‘क्रिकेट मेरा लागि अक्सिजन जस्तै हो, म क्रिकेटविना बाँच्न सक्दैन

logo
प्रकाशित २०७३ असोज ८ शनिबार
Clarke-Sandeep-cricket.jpeg
काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियन पूर्व कप्तान माइकल क्लार्कलाई पहिलो खेलमै जादु देखाएका छन् । १६ वर्षीय सन्दीपको पहिलो प्रदर्शनबाट क्लार्क थप मोहित भएका छन् । 
 
शनिबार सन्दीपले सीड्नी प्रिमियर क्रिकेटको पहिलो ग्रेडमा ८ ओभर बलिङ गर्दै मात्र १७ रन खर्चेर महत्वपूर्ण एक विकेट हासिल गर्दै जादु देखाएका हुन् । एलान बोर्डर ओभलमा भएको खेलमा सन्दीपले डेब्यु गरेको वेस्टर्न सुबर्ब्स ६ विकेटले विजयी भयो ।
 
एक दिवसीय ढाँचाको उक्त खेलमा वेस्टर्नले मोस्मानलाई हराएको हो । टस जितेर पहिले व्याटिङ गरेको मोस्मानले ४६ ओभर ४ बलमा अलआउट हुँदै १ सय ४१ रन मात्रै बनायो । 
 
एक सय ४१ रनको चुनौती पछ्याएको वेस्टर्नले ३८ ओभरमा मात्र ४ विकेको गुमाएर पार गर्‍याे । जसमा माइकल क्लार्कले क्रिकेट फिर्तीको कमाल देखाउँदै ९९ रन बनाए । र, निकै मनोरन्जन लिए । वेस्टर्न क्लार्कको क्लब हो । 
 
सन्दीपले हङकङमा खेलेको टि–२० बाट क्लार्क मोहित भएका थिए । शनिबारको खेलले सन्दीपको सीड्नीमा पनि चर्चा भएको छ । उनलाई नेपालको यु–१९ का स्टार भनिएको छ । 
 
सन्दीपले खेलपछि भने, ‘मेरो सपना बिग ‘बास’ खेल्ने छ ।’ सन्दीपले आफु क्रिकेट विना बाँच्न नसक्ने बताए । उनले भने, ‘हेर्न सक्नु हुन्छ । क्रिकेट मेरा लागि अक्सिजन जस्तै हो ।’ 
 
क्लार्कले समेत उनको चर्चा गरेका छन् ।  भनेका छन्, ‘यो राम्रो सुवात हो । यहाँ आएको एक हप्ता मात्रै भएकाे छ । यो प्रदर्शन राम्रो सुरुवात हो । उनले थप राम्रो गर्ने छन् ।’ क्लार्कले सन्दीपको निकै प्रशंसा गरेका छन् । उनले थपे, ‘सन्दीपले आफ्नो ध्यान कौशल र थप गतिमा लगाएका छन् । उनको खेल प्रेमको वर्णन गर्न सजिलै सकिन्छ ।’ सन्दिप सोमबार मात्र अष्ट्रेलिया पुगेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ