arrow

ओली मेरो समर्थनले अध्यक्ष र प्रधानमन्त्री भए, तर गठबन्धन टिकाउने सवालमा कुस्ती भयो : बामदेव

संविधान मान्दैनौँ भन्नेलाई कारबाही गर्नुपर्छ

logo
प्रकाशित २०७३ असोज ८ शनिबार
Bamdev-Gautam-Kp-Oli.jpeg
काठमाडौँ । एमाले उपाध्यक्ष वामदेव गौतमले केपी ओली आफ्नो समर्थनले पार्टी अध्यक्ष र प्रधानमन्त्री भएको बताएका छन् । 
 
प्यूठान–काठमाडौँ सम्पर्क मञ्चले गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उपाध्यक्ष गौतमले भने, ‘ओली मेरै समर्थनमा पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्नु भएको हो । तर,  नेकपा माओवादी केन्द्रसँग सरकारको गठबन्धन टिकाउने सवालमा भने ओलीसंग मतभेद भएको भएको हो ।’
 
गएको विहिबार मात्रै पार्टी अध्यक्ष ओलीले गौतमको भावनात्मक आलोचना गरेका थिए । ओलीले गौतम पार्टी फुटाए पनि अध्यक्ष बन्न नसकेको भन्दै ‘उहाँलाई कति दुख्या होला’ भनेका थिए । 
 
उपाध्यक्ष गौतमले मुलुकको सर्वोच्च कानून संविधान मान्दैनौँ भन्नेहरुलाई राज्यले कारबाही गर्नुपर्ने बताए । गौतमले संविधान नमान्नेलाई संविधान बमोजिम नै कारबाही गर्नुपर्छ–भने ।  
 
उपाध्यक्ष गौतमले थपे, ‘नेपालको संविधान सबैले मान्नुपर्दछ । संविधानका बारेमा एकदिन दुईदिन फरक धारणा राख्न सकिए तापनि संविधान जारी भएको एक वर्ष पुग्दा पनि मान्दैनौँ भन्नेलाई कारबाही गर्नुपर्दछ ।’ 
 
उहाँले संविधान जारी भइसकेपछि कार्यान्वयन भइसकेको उल्लेख गर्दै सीमाङ्कनका विषयमा कुनै जिल्लाको सीमा तलमाथि हुन नदिने प्रतिवद्धता जनाए । पूर्व उपप्रधानमन्त्री समेत रहेका गौतमले देश विखण्डन गर्न संविधान संशोधन गर्न थालिएको भन्दै एमालेलाई नमनाई संविधान संशोधन हुन नसक्ने जिकिर गरे । 
 
नेता गौतमले निर्वाचन नगराएर सरकारले देशमा संवैधानिक, राजनीतिक सङ्कट ल्याउन खोजेको आरोप लगाए । कार्यक्रममा सांसद हिराबहादुर केसी, धनबहादुर रायमाझीले संविधान कार्यान्वयनतर्फ सरकारले ध्यान नदिएको आरोप लगाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ