arrow

आागमी महिनादेखि संघीयता कार्यान्वयनः मन्त्री बुढाथोकी

logo
प्रकाशित २०७३ असोज ९ आइतबार
budhathoki-sewa-samiti.jpeg
काठमाडौं। सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले आगामी महिनादेखि देशमा संघीयता कार्यान्वयनमा आउने ठोकुवा गर्नु भएको छ। संविधान संशोधनलगायतका प्रक्रियाहरूले गति पाइ संघीयता कार्यान्वयनमा जाने उनको भनाइ थियो। खप्तरी बुढाथोकी (क्षेत्री) सेवा समाजले शनिबार काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा उनले सो कुरा बताउनु भएको हो।
 
‘राज्य पुनर्संरचनाको कामहरू भइरहेका छन्, संघीयता अनुसार भौगोलिक क्षेत्रहरूको पुनर्संरचनाको लागि कार्यदल गठन भइ त्यसले काम गरिरहेको छ,’ सामान्य प्रशासनमन्त्री बुढाथोकीले भने, ‘तर यसअनुसार प्रशासनिक क्षेत्रको पुनर्संरचनाका लागि हालसम्म काम भएका रहेछन्। वर्तमान सरकार गठन भएदेखि त्यो प्रक्रिया पनि आरम्भ गरिसकिएको छ।’
 
आफूले नेतृत्व लिन आउँदा सामान्य प्रशासन मन्त्रालय विकृतिले भरिएको, त्यसमा न प्रशासनिक कर्मचारी, न त मन्त्री नै कोही पनि जान नचाहने आफूले पाएको भन्दै मन्त्री बुढाथोकीले यो मन्त्रालयको प्रभावकारिता बढाउनका लागि लागि आफूले चार क्षेत्रमा सुधार केन्द्रीत गरेको जानकारी दिए।
 
उनका अनुसार पहिलो सुधार, संघीयता अनुसार प्रशासनिक पुनर्संरचना, दोस्रो सुधार विगतका विभिन्न आयोगहरूले दिएका प्रतिवेदनका सुझावहरूमध्ये समयसान्दर्भिक सुझावहरूको पहिचान र कार्यान्वयन, तेस्रोसुधार स्टाफ कलेजको पुनर्संरचना गरी निजामति कर्मचारीको दक्षता बढाउने इन्स्टिच्युटमा परिणत गर्ने र चौथो सुधार निजामति किताबखानाको क्षमता बढाइ कर्मचारीहरूको रेकर्ड, इन्टरनेटमा सुरक्षित राख्ने गरी काम भइरहेको छ।
 
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रभु बुढाथोकीले नेपालको योजना निर्माण प्रक्रियामा नै पुनर्संचरना गर्नुपर्ने आवश्यकता देखिएको बताए। ‘योजनाहरू बन्छन्, तर कार्यान्वयन फितलो छ, यसमा सुधार हुनुपर्छ,’ उनले भने। डा. बुढाथोकीले व्यक्ति वा समाजको विकासका लागि दक्षता अभिवृद्धि गर्नुपर्ने र त्यसका लागि शिक्षाले नै पहिलो आधार सिर्जना गर्ने बताए।
 
व्यवस्थापिका संसदको अर्थसमितिका सभापति प्रकाश ज्वालाले प्रशासनतन्त्रमा सुधार अहिलेको मुख्य आवश्यकता हो भन्दै प्रशासनिक तन्त्रको सुधारले विकास प्रक्रियालाई पनि गति दिने बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ