arrow

राजनीतिसँगै तरकारी खेतीमा काँग्रेस नेता

logo
लोकेन्द्र खनाल,
प्रकाशित २०७३ असोज ९ आइतबार
krishikranti.jpeg
रुकुम। राजनीति क्षेत्रमा लागेका कार्यकर्ता मात्र होईन पछिल्लो समय रुकुममा नेताहरु नै कृषि उत्पादनमा सक्रिय हुन थालेका छन् । पार्टीका उच्च पदमा रहेका नेताहरु कृष क्षेत्रमा विभिन्न काम गर्न सुरु गरेपछि गाउँका कार्यकर्ताहरु पनि त्यसको सिको गरिरहेका छन् । त्यसै मध्येका एक उदाहारण बनेका छन् नेपाली काँग्रेस रुकुम अन्तरगत दुली गाउँ कार्य समितिका सभापति कर्णु जैसी । 
 
जैसी नेपाली काँग्रेसमा लामो समय देखी राजनीति गर्दै आएपनि पछिल्लो समय राजनीतिका साथै कृषि पेशामा पनि सक्रिय भएर लागेका छन् । दुली गाविसको वडा नं. ५ मा घर भएका जैसीको बारीमा अहिले टमाटर प्रसस्त रुपमा रहेका छ । उनले हिजो आज टमाटर खेतीबाट दैनीक एक हजार देखी १५ सय रुपैयाँ सम्म आम्दानी गर्ने गरेका छन् । बर्षभरी खाना पुर्‍याउनका लागी कृषिमानै काम गर्नुपर्ने भएपनि उनले केहि समय पहिलेसम्म परम्परागत तरीकाले खेती गर्ने गरेका थिए । आधुनिक तरिकाले खेती गर्न चाहान भएपनि ज्ञान र सिपका कारण उनको त्यो सपना पुरा भएको थिएन । तर एक वर्ष पहिले जिल्ला विकास समिति अन्तरगत नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमले जैसीको गाविसमा आधुनिक कृष उत्पादनको लागि तालिम सञ्चालन गर्‍यो र उनिले पनि तालिम लिए ।
 
 तालिम लिएकाहरुलाई नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमले टमाटर खेतीको लागि प्लाष्टिक टनेलको लागि आबश्यक सामाग्री पनि सहयोग गरेपछि उनका ति सबै सपना पुरा भए । ‘परम्परागत तरिकाबाट गर्दा दुख बढी हुने र उत्पादन कम हुने हुनाले परिश्रम खेर गईरहेको थियो । तर अहिले त त्यो सबै समस्या समधान भएको छ । टमाटर खेतीबाट आम्दानी पनि राम्रो भएको छ जैसीले भने’ । गत साउन महिनाको पहिलो हप्तादेखि टमाटर बिक्रि हुन गरेका उनीले प्रतिकिलो ५० रुपैयाँका दरले टमाटर बिक्रि गरीरहेका छन् । 
 
हिजो आज जैसीले दैनिक कम्तीमा पनि १० किलो टमाटर बिक्रि गर्ने गरेको बताए । घर नजिकैको सानो खेतवारीमा टमाटर लगाएका उनिले अहिलेसम्म १५ हजार भन्दा पनि बढि आम्दानी गरेको उनको भनाई रहेको छ । अझै पनि कार्तिक मसान्तासम्मा टमाटर रहने उनको अनुमान छ । बारीबाट उत्पादन भएको टमाटर गाउँघरमै बिक्रि गर्नुकासाथै थप बिक्रिको लागि मग्मा, छिनखेत बजार लगायतका ठाउँमा लिने गरेको उनले बताए । 
 
सानो खेतवारीमा लगाएको टमाटर खेतीबाट एक सिजनमा कम्तिमा ५० हजार रुपैया आम्दानी हुने उनको विश्वास रहेको छ । “प्लाष्टिक टनेल खेतीलाई ब्यबसायिक रुपमा सन्चालन गर्न चाहन्छु । सीप, ज्ञान र सहयोग पाउँदा भोकाएको अवस्थामा खिर जस्तो दिए जस्तो भएको छ जैसीले भने ।” उनले अझै थप छोटो समयमा, थोरै दुःखबाट पनि धेरै आम्दानी गर्न पाउँदा निकै खुशी भएको छु । पहिलो सिजनमा लगाएको गोलभेडा सकिएपछि थप आवश्यक सल्लाह लिएर फेरी अर्को लटको अन्य तरकारी शुरु गर्ने योजना रहेको उनले बताए । 
 
उनले टनेल बाहिर पनि अन्य तरकारी मुला, रायो, खुर्सानी, गाजर, बन्दा, काउली लगायतका तरकारी र कागती तथा सुन्तलाका पनि बिरुवा लगाएका छन । यि सबैले उनको घरको आवश्यकता पुरा गरेर थप आयआर्जन गर्न सहयोग गरेको उनको भनाई छ । आफुहरुले प्रदान गरेको तालिमले गर्दा जैसी जस्तै जिल्लाका आठ गाविसमा धेरै कृषकहरुले तरकारी खेतीबाट राम्रो आम्दानी गरेको नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम रुकुमका जिल्ला संयोजक भक्त भण्डारीले बताए ।  
 
तालिम पछि गाउँमा मौसम अनुसारको सुहाउदो खेती तथा अन्य काम गर्नका लागी चेतना र सिपको विकास भएको उनले बताए । समय सुहाउदो खेती गरी आयआर्जन गर्न तालिमको आवश्यकता रहेको महशुस गरेकाले आफुहरुले कृषकलाई तालिम दिएको भण्डारीको भनाई छ । राम्रो गर्ने र गर्न चाहाने अन्य कृषकलाई आफुहरुले आगामी दिनमा पनि सहयोग गर्ने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ