arrow

किशोरीलाई क्षमता अभबृदीका लागि किशोरी बृत्त तालिम

logo
प्रेम रौले,
प्रकाशित २०७३ असोज ९ आइतबार
14459083_696659347160529_1640961554_n.jpeg
बाजुरा। किशोरीलाई लैगिंकतामा आधारित हिंसा २ दिने तालिम आइतबार देखि आटिचौर गाविसमा सुरु भएको छ । किशोरीहरुलाई तालिममा किशोरी बृत्त, त्यसको आवश्यकता, लक्ष्य, उद्देश्यका विषयमा तालिममा जानकारी गराइएको छ ।
 
किशोरी बृत्तमा लैगिंक र लैगिकता, किशोराबस्था,लक्षण, समस्या र समाधानका उपायका बारेमा किशोरी बृत्तहरुलाई जानकारी गराएको सहायक महिला विकास निरिक्षक विन्दु बडाल बताइन् । तालिममा आटिचौर गाविसमा रहेका वडा नं २ र ३ का किशोरी सहभागी गराइएको बताइएको छ । तालिममा उक्त वडाका २२ जना सहभागी रहेका छन् ।
 
महिला तथा बालबालिका कार्यालयको आयोजना र  आर्थिक सहयोग युएनएफपीको उक्त तालिम संचालन गरिएको बताइएको छ । तालिम सोमबार सम्म चल्ने आयोजकले जनाएको छ । 
 
तालिमा किशोरीहरु रजस्वला हुदा समस्या र उनीहरुले प्रयोग गर्ने साधनका विषयमा छलफल गरिएको बडाले बताइन् । किशोरीहले गाविसमा हुने योजना तर्जुमा र योजनाका १४ चरणका बारेमा जानकारी गराएको बताइएको छ । तालिम किशोरीहरुको क्षमता अभिबृद्धी गर्ने लक्ष्यका साथ संचालन गरिएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ