arrow

राजभण्डारीले सम्हालिन टेलिकमको कार्यभार

logo
प्रकाशित २०७३ असोज ९ आइतबार
rajbhandari.jpeg
काठमाडौँ ।  नेपाल टेलिकमको प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले आइतबार एक कार्यक्रम बीच कार्यभार सम्हालेकी छन् ।  प्रबन्ध निर्देशक राजभण्डारीले  टेलिकमको मुख्य कार्यालयमा एक कार्यक्रमका बीच प्रबन्ध निर्देशकको पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्धक निर्देशक राजभण्डारीले विविध प्रविधिका दूरसञ्चार सेवा विस्तार, प्रभावकारी ग्राहक सेवा उपलब्ध गराउने, डाटा सेवामा विशेष ध्यान केन्द्रीत गर्ने, योजना आयोजनाहरु यथासमयमा सम्पन्न गर्ने तथा मर्मत सम्भारको कार्य स्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।
 
 उनले आउने दिनहरुमा परिवर्तित संगठनात्मक संरचनालाई सबल बनाउँदै कम्पनीको विकासमा लाग्नुपर्ने, विकसित कार्य संस्कार, अझ राम्रो आपसी सम्बन्ध र समन्वय गर्नुपर्ने आवश्यकता रहेको औलाइन् । उनले नेपाल टेलिकमको प्रबन्ध निर्देशक जस्तो उच्च पदमा आफूलाई नियुक्त गरेकोमा नेपाल सरकार र सम्बन्धित सवैप्रति आभार प्रकट गरिन् ।
 
मन्त्रीपरिषदले राजभण्डारीलाई असोज ६ गते तीन वर्षका लागि नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो ।  राजभण्डारी प्रबन्ध निर्देशक हुनु पुर्व टेलिकममा प्रमुख प्राविधिक अधकृत  पदमा कार्यरत थिइन् ।  नेपाल टेलिकमको इतिहास मै महिला प्रबन्ध निर्देशक भएको यो पहिलो  हो । 
 
पदबहाली कार्यक्रममा नेपाल टेलिकमका बरिष्ठतम नायव प्रबन्ध निर्देशक सूर्यक्त पोखरेल र मानव संसाधन व्यवस्थापन प्रमुख रविन्द्र झाले उनलाई स्वागत गरेका थिए  । सो अवसरमा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत, नायव प्रबन्ध निर्देशकहरु, निर्देशकहरु, प्रबन्धकहरु, अन्य बरिष्ठ अधिकृतहरु, कम्पनीमा आवद्ध कर्मचारी युनियनकापदाधिकारीहरुलगायत कम्पनीका कर्मचारीहरुको उपस्थिति थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ