arrow

एभर्टन र क्रिष्टल बराबरीमा

logo
प्रकाशित २०७२ मंसिर २२ मंगलबार
dan_reu.jpg.jpeg
एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा एभर्टन र क्रिष्टल प्यालेसले बराबरी खेलेका छन् । सोमबार राति एभर्टनको मैदानमा भएको खेलमा दुबै टोली १–१ को बराबरीमा रोकिए । पहिलो हाफ गोल रहित बराबरीमा सकिँदा दोस्रो हाफपछि ७८औं मिनेटमा क्रिष्टलका लागि स्कट डानले गोल गरे ।
 
त्यसको केही समय पछि ८१ औं मिनेटमा एभर्टनका रोमेलु लुकाकुले गोल गर्दै नतिजा १–१ को बराबरीमा ल्याए । १५औं चरणका खेल सकिँदा ३२ अंकका साथ लेस्टर सिटी शीर्ष स्थानमा छ । ३० अंकको आर्सनल दोस्रो तथा २९ अंकको म्यान्चेस्टर सिटी तेस्रो स्थानमा छ । समान २९ अंक रहेको म्यान्चेस्टर  युनाइटेड चौथो स्थानमा छ । संकटमा रहेको डिफेन्डर च्याम्पियन चेल्सी १५ अंक जोड्दै तालिकाको १४औं स्थानमा छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ