arrow

भारतीय ‘डान्स प्लस सिजन-२’मा नेपालको वाइल्ड रिपर्ज क्रु दोस्रो

logo
प्रकाशित २०७३ असोज १० सोमबार
dance-plus-wild-reporze.jpeg
काठमाडौं। भारतको प्रतिक्षित डान्स रियालिटी सो ‘डान्स प्लस सिजन-२’मा नेपालको वाइल्ड रिपर्ज क्रु दोस्रो भएको छ । आइतबार सम्पन्न ग्राण्ड फाइनल समारोहमा वाइल्ड रिपर्ज क्रु दोस्रो भएको हो । सिजनको विजेता भने भारतका तने मलहरा भएका छन् ।
 
यस्तै नेपालबाट फाइनलमा पुगेका सुशान्त खत्री चौंथो भएका छन् । सिजनको फाइनलमा नेपाल र भारतबाट दुई-दुई टोली पुगेका थिए । 
 
हिपहप डान्स ग्रुप नामले पनि चिनिने वाइल्ड रिपर्ज क्रुले डेल डान्स कम्पिटिसन २०१२, अल नेपाल उर्बन स्ट्रिट डान्स कम्पिटिसन २०१३ लगायत थुप्रै उपाधि हात पारेको छ । अवसरको ठूलो मञ्चको खोजीमा भारतको मुम्बाई छिरेको वाइल्ड रिपर्ज क्रुले त्यहाँ पनि विभिन्न उपाधि जितेको छ ।
 
दुई वर्षबीचमा क्रुले अल इन्डिया भि फेष्ट २०१५, युडिएमएस मुम्बाई च्याम्पियन्सिप २०१४ र इन्डिया वेस्ट डान्स क्रु २०१६ जस्ता महत्वपूर्ण उपाधि जितेको छ । 
 
क्रु टिममा जम्मा ९ जना सदस्य छन् । र सबै सदस्य काठमाडौं, धनगडी र बुटवल गरी तीन सहरबाट रहेका छन् । क्रु टिममा बुद्ध लामा, रोन सिंह, किरण थापा, सुरेन राई र सन्तोष दर्जी छन् । यसैगरि साउल जेम्स बोडी, सागर राई, सुमन तामाङ र सुरज थापा मगर पनि क्रु टिममा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ