arrow

औपचारिक कार्यक्रममा बोल्न थाले महामन्त्री शशांक

मेरो आमाले भनिरहनु हुन्थ्यो– ‘महिलालाई शिक्षामा अघि बढाए मात्र देशको समृद्धि सम्भव छ’

logo
प्रकाशित २०७३ असोज १० सोमबार
shashanka-koirala.jpg.jpeg
काठमाडौं । विरामीले लामो समय थलिएका कांग्रेस महामन्त्री शशांक कोइराला बल्ल औपचारिक कार्यक्रममा देखिन थालेका छन् । महामन्त्री कोइराला सोमबार पद्मकन्या क्याम्पस पुगे । उनी दशैं तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भए । 
 
महामन्त्री कोइरालाले त्यहाँ बोले पनि । केही दिन अघि राजधानीमा भएको महिला संघको महाधिवेशन अघि कोइराला रामचन्द्र पौडेल समूहले गरेको एक भेलामा सुजाता कोइराला, प्रकाशमान सिंहका साथ मन्चमा बसेको देखिएका थिए । 
 
नेपाल विद्यार्थी संघ क्याम्पस इकाईले आयोजना गरेको कार्यक्रममा महामन्त्री कोइरालाले महिला शसक्तिकरणमा जोड दिए । 
 
महामन्त्री शशांकले भने, ‘महिलालाई शिक्षामा अघि बढाए मात्र देशको समृद्धि सम्भव छ । मेरो आमाले बारम्बार भनिरहनुहुन्थ्यो ।’ जसकारण शिक्षामा महिलालाई अघि बढाउन आवश्यक छ । 
 
महामन्त्री कोइरालाले पद्मकन्या क्याम्पसलाई महिलाको मात्र छुट्टै विश्वविद्यालयको रुपमा विकास गर्न सक्नुपर्नेमा जोड दिए । शिक्षा नै महिला शसक्तिकरणको मुख्य आधार भएकाले शिक्षामै बढी जोड दिनु पर्ने महामन्त्री कोइरालाको धारणा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ