arrow

इपीएल क्रिकेट: शरदको अलराउन्ड प्रदर्शनले पञ्चकन्या विजयी, मल्लको कलर्स ३४ रनले पराजित

logo
प्रकाशित २०७३ असोज १० सोमबार
Colors_Panchakanya.jpeg
काठमाडौं। शरद भेष्वाकरको अलराउन्ड प्रदर्शनले जारी एभरेष्ट  प्रिमियर लिगमा पञ्चकन्या तेजले आफ्नो अपराजित यात्रा कायम राखेको छ । सोमबार भएको आफ्नो तेस्रो खेलमा पञ्चकन्याले कलर्स एक्स फ्याक्टर्स ३४ रनले पराजित गरेसँगै पञ्चकन्याको अपराजित यात्रामा धक्का लागेको छैन । 
 
टस हारेर पहिले व्याटिङको निम्तो पाएको पञ्चकन्याले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ५४ रनको योगफल तयार पारेको हो । उसका लागि असिफ सेखले सर्वाधिक ६७ रन जोडे । यस्तै टोलीलाई सम्हालेका शरद भेष्वाकरले ४० रन जोड्दा सन्जय श्रेष्ठले पनि २४ रनको योगदान गरे । 
 
खेलमा पञ्चकन्याका लागि कप्तान शरद भेष्वाकरको व्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन रहन गएको छ । व्याटिङमा ४० रनको योगदान गरेका शरदले बलिङमा समेत महत्वपूर्ण तीन विकेट लिए । 
 
फितलो बलिङ गरेको कलर्सका लागि अविनाश कर्ण र अमर रौतेलाले समान एक-एक विकेट लिए । यस्तै सन्जम रेग्मीले पनि १ विकेट हात पारे । 
 
१ सय ५५ रनको लक्ष्य पछ्याउँदै जवाफी व्याटिङ गरेको कलर्स एक्स फ्याक्टरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा मात्र १ सय २० रन जोड्न सफल रह्यो । उसका लागि हिमान्सु दत्तले सर्वाधिक २८ रनको योगदान गरे । 
 
कलर्सलाई सम्हालेका ज्ञानेन्द्र मल्लले पनि मात्र २० रन जोड्न सके । कलर्सको विकेट ध्वस्त गर्ने क्रममा पञ्चकन्याका लागि शरद भेष्वाकर र करण केसीले समान ३ विकेट हात पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ