arrow

फिदिम वजारमा प्रतिवन्धित औषधी विक्री गर्दै व्यापारी

प्रभावकारी अनुगमन गर्न स्थानीयको माग

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ असोज १० सोमबार
Panchthar-hamrakura.jpg.jpeg
पाँचथर । पाँचथरको सदरमुकाम फिदिम वजारमा रहेका औषधी पसलको आज अनुगमन गरिएको छ ।अनुगमनका क्रममा म्याद गुज्रिएका औषधी विक्री प्रतिवन्धित औषधी समेत वितरण भइरहेको पाइएको टोलीमा सहभागि सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर वस्नेतले बताए ।
 
यस्तै कतिपय पसलहरुले अहिलेसम्म नियमित लेखा परिक्षण समेत नगरेको पाइएको छ । उनीहरुलाई अव म्याद गुज्रिएका औषधी विक्री वितरण गर्न प्रतिवन्ध लगाइएको उनले बताए ।
 
प्रतिवन्धित औषधी समेत विक्री वितरण गर्दा तथ्याङक राखेर मात्रै विक्री गर्ने, अनिवार्य समयमै नवीकरण गर्न सुझाव दिएको उनले सुनाए । यसैवीच सेवाग्राहीले भने कर्मकाण्डी अनुगमनले कुनै अर्थ नराख्ने भएको भन्दै प्रभावकारी अनुगमन गर्न माग गरिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ