arrow

कवि प्रदीप ज्ञवाली भन्छन्, ‘जसले समाज बदले तिनको इतिहास लेखिदैन’

logo
प्रकाशित २०७३ असोज १० सोमबार
pp-gyawali-news.jpeg
काठमाडौं । एमाले सचिव प्रदीप ज्ञवालीले समाज परिवर्तन गर्नेहरुको इतिहास नलेखिएकोप्रति चिन्ता गरेका छन् । ज्ञवालीले ‘विना शालिकका नायकहरु’ नामक गविता संग्रहमार्फत ती परिवर्तनका योद्धाहरुलाई सम्झेका हुन् । 
 
सोमबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा एक समारोहबीच ज्ञवालीको कविता संग्रह लोकार्पण भएको छ । लोकार्पणपछि ज्ञवालीले हाम्राकुरासंग भने, ‘मूलतः कविता संग्रहमा नेपाली समाजको उत्पीडन, थिचोमिथो र द्वन्द्वका पीडाहरु समेटिएको छ ।’ त्यति मात्र नभई संग्रहको शीर्षक नै ‘विना शालिकका नायकहरु’ राखिएकाले परिवर्तनका लागि लड्ने योद्धाहरुको शालिक बन्दैन, बरु उनीहरुको योगदानलाई भजाएर खाइन्छ, ज्ञवालीले थपे, ‘यो विशेष गरेर सैनिकहरुको हकमा ।’ जसले समाज बदले तिनको इतिहास लेखिइदैन । 
 
लोकार्पण कार्यक्रममा एमाले अध्यक्ष केपी ओली लगायत एमाले नेताहरु थिए । यस्तै, समीक्षकहरुमा कवि तुलसी दिवस, समालोचक निनु चापागाई, डा. विन्दु शर्मा र कवि विप्लव ढकाल थिए । नवस्थापित सिमल बुक्सले प्रकाशन गरेको १४५ पुष्ठको सो सङ्ग्रहमा ४७ कविता छन् ।      
 
प्रदीपकुमार ज्ञवाली तिनै शीतविन्दु हुन् जसका यसअघि कवितासङ्ग्रह ‘चिता जलिरहेछ’ (२०५३) र ‘आस्था ओ मेरी प्रिया’ (२०५९) र सहयात्री उपन्यास प्रकाशन भए । त्यसो त ज्ञवालीको पञ्चायतकालको भूमिगत नाम ‘सुबोध’ र ‘सागर’ पनि थियो तर साहित्यमा ‘शीतबिन्दु’ लेख्थे । 
 
अन्य विधामा एक दर्जन पुस्तक लेखिसकेका ज्ञवालीको खास नामबाट प्रकाशित ‘बिना सालिकका नायकहरु’ लाई केही कविताको मञ्चनसहित आयोजित कार्यक्रमबीच पार्टी अध्यक्ष ओलीले लोकार्पण गरे ।
 
 
कसले के भने ? 
सो अवसरमा पूर्वप्रधानमन्त्री ओलीले ‘बिना सालिकका नायकहरु’ को विम्बको प्रशंसा गर्दै आफूले एक पटक तत्कालीन राजासँगको भेटवार्तामा इतिहासमा नाम नलेखिएका सङ्घर्षशील नागरिकको प्रसङ्ग उठाएको स्मरण सुनाए । ‘आन्दोलनमा जनता अगाडि हुन्थे, उनीहरु कतिपय मारिए, बेनाम भए, मौसुफका पुर्खा पछाडि हुन्थ्यो र आफ्नै इतिहास लेख्यो, ओलीले भने, ‘इतिहासका नक्कली नायकहरु सक्कली नायकका नाम, काम र सालिकसँग पनि डराउँछन् ।’ 
 
प्रतिकूल अवस्थामा पनि खतराको सुइरामा टेकेर ज्ञवालीले सुमधुर कविता लेख्न सकेको जनाउँदै अध्यक्ष ओलीले रसिलो र खँदिलो कृति दिएर समाजलाई गुण लगाएकामा धन्यवाद दिए । 
 
कवि ज्ञवालीले आफूलाई कुनै पात्र र समस्याले घोचेपछि मात्रै कविता लेख्ने गरेको जनाउँदै मुलुक बनाउन सङ्घर्ष गर्ने तिनै पात्रलाई नायक बनाएर कविता लेखिएको बताए । 
 
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नयाँ कृतिमा ‘शीतबिन्दु’ नयाँ संस्करणका साथ उपस्थित भएको बताउँदै कृतिले सामाजिक चेतना निर्माणमा उल्लेख भूमिका खेल्ने बताए । 
 
संस्कृतिविद् तथा कवि तुलसी दिवसले कवितामा राजनीतीकरणभन्दा राजनीतिमा कविता भएको आफूले देख्न चाहेको भन्दै ज्ञवालीका कवितामा विचार र कला पक्षको सघनता भएको टिप्पणी गरिरहँदा समालोचक निनु चापागाइँले भने पुस्तकका विचार पक्ष बढी भएको र इतिहासका सबै अभिलेखको झलक आउन नसकेको प्रतिक्रिया दिए । 
 
कवि विप्लव ढकाल र डा विन्दु शर्माले पुस्तकमाथि समीक्षा गर्दै ‘बिना सालिकका नायकहरु’ ले सीमान्तकृत समुदायको आवाजलाई बुलन्द गरेको टिप्पणी गरे । 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ