arrow

ठुङ्दे भन्दै आए केकी सौगात(भिडियो)

logo
प्रकाशित २०७२ मंसिर २२ मंगलबार
Phanko.jpg.jpeg
काठमाडौं । आगामी माघ १ गतेबाट नेपालभर एकै साथ रिलिज हुने फिल्म ‘फन्को’ले युट्युब मार्फत ‘ठुङ्दे’ बोलको नयाँ गीत सार्बजनिक गरेको छ । सार्वजनिक गीतसँगै फिल्मले नयाँ ट्रेलरलाई पनि समाबेश गरेको छ । सार्वजनिक गितमा चेतन सापकोटाको संगीत, राजेन्द्र थापाको शब्द र संगीतकार सापकोटासँगै रेश्मा सुनारको स्वर रहेको छ ।

रोमान्टीक स्टाईलको यो गितमा कलाकार सौगात मल्ल र केकी अधिकारीले फिचरिङ गरीएको छ । सार्बजनिक गीत र सम्बादले फिल्मको राजनैतिक परिबेशलाई उठान गरेको भान हुन्छ । यस अघि फिल्मले प्रोम र लोकल ब्युटी बोलको गीतलाई सार्बजनिक गरीसकेको छ । नोभेम्बर २३ मा बेल्जियमबाट प्रिमियर गरेको यो फिल्मले पोर्चुगलमा पनि सो गरीसकेको छ । हेटौडा मुभि मेकर टिम (एच.एम.एम. टि ) को ब्यानरमा निर्माण गरीएको यो चलचित्रको कथा,पटकथा,लेखन,निर्देशन सुवर्ण थापाले गरेका हुन भने नरेन्द्र महर्जन, शहदेब गौतम र पदम गुरुङ्गले फिल्ममा लगानी गरेका छन् ।

फिल्ममा नृत्य निर्देशन कबिराज गहतराज, सम्पादन बिपिन मल्ल, छायांकन हरि लामा घले र संजय लामाले गरेका छन । सौगात मल्ल,दयाहाङ्ग राई, अनुप बराल,प्रियका कार्की,केकी अधिकारी,केशब भट्टराई लगायत कलाकारहरुले चलचित्रमा अभिनय गरेका छन । यो चलचित्रमा प्रमुख पात्रको रुपमा गाडी जिपलाई देखाईएको छ । अतिथी भुमिकामा देखिएकी गायिका ईन्दिरा जोशीको नृत्य र गित संगितले पनि चलचित्रलाई चर्चा बनाईरहेको छ । फन्को नेपाली मनकोे चलचित्र हो र चलचित्रमा पैसाको पछाडी दौडने युवायुवतीको कथा चलचित्रमा रहेको निर्देशक थापाले बताएका छन ।  

नेपाली परिबेश र दैनिक आवाश्यक्तालाई मध्येनजर गर्दै  चलचित्रले कथा बोल्ने छ । चलचित्रमा  नेपाली राजनिती परिबेश पनि हेर्न पाईने बताईएको  छ । पोखरा र दमौलीको हाईवेय राजमार्गमा छायाकन गरीएको यो चलचित्रलाई करिब असी लाख रुपैया खर्च गरीएको निर्माता महर्जनले बताएका छन । 
ठुङ्दे गीत



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ