arrow

क्लिन तुलसीपुर - ग्रिन तुलसीपुर अभियान छैठौ हप्तामा

logo
शरद रेग्मी,
प्रकाशित २०७३ असोज ११ मंगलबार
CLEANTULSIPUR.jpeg
 दाङ ।  तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर नगरपालीकाको मुख्यआयोजना सुरु भएको क्लीन तुलसीपुर ग्रिन तुलसीपुर अभियानमा छैठौ हप्तामा प्रवेश गरीरहंदा तुलसीपुरको नयां वस पार्कमा देखिएको फोहोर व्यवस्थापनमा चुनौति देखिएको छ । दर्जनौ सामाजिक संघ संस्था, विभिन्न टोल विकास समिति र सुरक्षा निकायको सहकार्यमा संचालन भै रहेको सरसफाई अभियान नयां वस पार्क क्षेत्रमा अझै फोहर संकलन र व्यवस्थापन हुन सकेको छैन । 
 
मंगलवार नयां वस पार्क क्षेत्रमा पुगेको संयुक्त सरसफाई अभियान टोलीले सम्वन्धीत घर धनि तथा भाडामा वस्ने नगरवासीहरुलाई आ–आफ्नो घर, पसल अगाडीको फोहोर तत्काल व्यवस्थापन गर्न अनुरोध गरेको छ । नयां वस पार्क क्षेत्रमा निर्माण गरिएका अधिकांश घरहरुमा छत र बरण्डाको पानी सिधै वाटोमा निकालेको समेत पाइएको छ । 
 
उनीहरुलाई तत्काल पाईप निकाल्न समेत नगरपालीकाले अनुरोध गरेको छ । एक पटकलाई संझाई वुझाई गरेका छौं । अर्को पटक पनि यस्तै अटेरी गरेको पाइएमा नगरपालीकाले कारवाहीको प्रक्रिया अगाडी थाल्ने कार्यालयका वरिष्ठ अधिकृत ललित वहादुर घर्तिले बताए । उनले भने “नगरपालीकाले छिटै सार्वजनिक सुचना जारी गर्दै छ त्यस पश्चात हामीहरु पुरस्कृत र दण्ड जरिवाना दुवैलाई लागु गर्ने छौं ” ।
 
हरेक हप्ताको मंगलवार विहान ७ : ३० वजे देखि एक घण्टा सम्म संचालन हुने सरसफाई अभियान अन्तरगर्त मंगलवार छैठौ  हप्ताको अभियान अन्तरगर्त तुलसीपुरको नयां वस पार्क क्षेत्रमा सरसफाई गरिएको अभियानका संयोजक एवं तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले वताए । उनले वस पार्क क्षेत्रमा धेरै फोहोर संकलन भएको र अझै पनि सो क्षेत्रमा सरसफाई अभियानको चेतना जगाउनु पर्ने अनिवार्यता रहेको वताए।
 
त्यस्तै नयां वस पार्क काउन्टर पछाडी रहेको सार्वजनिक शौचालयको ढल सडकमा निकालिएको भन्दै स्थानिय वासीले तुलसीपुर नगरपालीकाको ध्यानाकर्षण गराएका छन् ।  उनीहरुले तत्काल सार्वजनिक शौचालयको ढल निकासीको व्यवस्थापन गरि दिन माग गरेका छन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ