arrow

शान्ति शिक्षा अभियानले दोलखामा निर्माण गर्‍यो ३ विद्यालय

logo
राम ओली,
प्रकाशित २०७३ असोज ११ मंगलबार
santischoolproject.jpeg
दोलखा। शान्ति शिक्षा अभियानले दोलखामा निर्माण गर्दै गरेका ४ मध्ये ३ विद्यालय निर्माण गरि समुदायलाई हस्तान्तरण गरेको छ । क्षमावती उच्च माध्यमिक विद्यालयमा निमार्णधिन विद्यालय भवन भने केहि समयपछि निर्माण सकेर हस्तान्तरण हुने शान्ति शिक्षा अभियानले जनाएको छ ।
 
शान्ति शिक्षा अभियान नामक गैरसरकारी संस्थाका अध्यक्ष रबिन्द्र मर्हजनका अनुसार सुन्द्रावति गाविसमा रहेको कालिका उच्च माविको २ कोठे पक्की भूकम्प प्रतिरोधात्मक भवन करिब १४ लाख रुपैयामा  निर्माण गरि सोमबार एक कार्यक्रमबीच समुदायलाई हस्तान्तरण गरिएको हो । त्यस्तै मंगलबार महेन्द्रोदय उच्च मावि भिमेश्वर नगरपालिका ८ मा पनि दुई कोठे पक्की विद्यालय भवन समुदायलाई हस्तान्तरण गरिएको मर्हजनले बताए ।
 
सोमवार र मंगलवार अलग अलग कार्यक्रम गरि दुबै विद्यालय समुदायलाई हस्तान्तरण गरिएको थियो। संस्थाका अध्यक्ष महर्जन र कालिन्चोक उच्च मावि अगुवा स्रोत केन्द्रका स्रोत व्यक्ति राजेन्द्र लक्ष्मी शिवाकोटीले संयुक्त रुपमा दुबै विद्यालय भवन समुदायलाई हस्तान्तरण गरेका थिए। सोमबार र मंगलवार अलगअलग कार्यक्रम गरि विद्यालय भवन हस्तान्तरण गरिएको थियो। 
शान्ति शिक्षा अभियान नेपाल सँस्थाले यस अघि कुटिडाँडा उच्च माविको दुई कोठे विद्यालय भवन पनि समुदायलाई हस्तान्तरण गरीसकेको छ । शिक्षा तथा विद्यालय पुननिमार्णको क्षेत्रमा कार्य गर्दै आएको यस सँस्थाले सुस्पा क्षमावती गाविसमा रहेको दोलखाको सबै भन्दा पुरानो विद्यालय क्षमावति उच्च माबिको पनि दुई कोठे पक्कि भवन निमार्ण गरिरहेको अध्यक्ष महर्जनले बताए ।
 
विद्यालय भवन निमार्णका लागि विदेशी दातृ निकाय बिल्डिङस फोर्ड रुङ्गईभि जर्मनीले आर्थिक सहयोग गरेको सँस्थाले जनाएको छ । ४ बिद्यालय पुर्ननिमार्णका लागि शान्ति शिक्षा अभियान सँस्थाले दोलखामा कुल ८० लाख बराबर रकम सहयोग गरेको बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ