arrow

लोकदोहोरी तथा गीत प्रतिष्ठानमा बद्री पंगेनी

logo
प्रकाशित २०७३ असोज १२ बुधबार
badri-pangeni.jpeg
काठमाडौं । राष्ट्रिय लोकदोहोरी तथा गीत प्रतिष्ठान नेपालमा लोकगायक बद्री पंगेनी आएका छन् । प्रतिष्ठनको छैटौं महाधिवेशनले अध्यक्षमा पंगेनीलाई भारी मतले जिताएको हो ।
 
अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेकामा पंगेनीले ८८८ मत ल्याउँदा प्रतिद्धन्द्धी विष्णु खत्रीले ५०८ तथा टिकाराम चपाईंले ३३० मत ल्याए । 
 
त्यस्तै वरिष्ठ उपाध्यक्षमा रमेश बिजी निर्वाचित हुँदा प्रथम उपाध्यक्षमा पशुपति शर्मा निर्विरोध भए । त्यस्तै द्धितीय उपाध्यक्षमा रामजी खाँड तथा महिला उपाध्यक्षमा रीता थापा निर्विरोध भइन् । 
 
महासचिवमा सुवास केसी विजयी हुँदा उपमहासचिवमा चोलेन्द्र पौडेलले बाजी मारेका छन् । 
 
सचिवमा शंकर बीसी, खुमन अधिकारी तथा कृष्ण रेउले विजयी भए । महिला सचिवमा राधिका हमाल निर्विरोध भइन् । 
 
त्यस्तै कोषाध्यक्षमा दीपक खड्का निर्विरोध हुँदा सहकोषाध्यक्षमा टीका पुन विजयी भए । 
 
प्रदेशतर्फ क्षेत्र नम्बर १ र क्षेत्र नम्बर ६ मा कसैको उम्मेदवारी नै नपर्दा बाँकी क्षेत्रमा निर्विरोध भए । 
 
त्यस्तै १४ सदस्यमा शिव हमाल, पार्वती राई, राजु ढकाल, कुलेन्द्र विश्वकर्मा, रञ्जन ठकुरी, बसन्त थापा, सन्तोष आलेमगर, जीवन दाहाल, हरि डाँगी, प्रचण्ड जीसी, रमेशराज भट्टराई, ईश्वरीप्रसाद भुषाल, रञ्जन गुरुङ्ग र विनोद बाजुराली विजयी भए । 
 
प्रतिष्ठानमा यसपटक प्रजातान्त्रिक धारलाई पछाडि पार्दै प्रगतिशीलधार अगाडि देखिएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ