arrow

चमत्कारः तीन जनाको गर्भधान प्रक्रियाबाट बच्चा

logo
प्रकाशित २०७३ असोज १२ बुधबार
baby-born-with-3-efforts.jpeg
जोर्डन । विज्ञानले गर्ने चमत्कार अनौठो हुन्छ । हाल विज्ञानले तीन जनाको गर्भाधान प्रक्रियाबाट बच्चा जन्माएको छ । 
 
जोर्जनकी एक महिलाले आफ्नो र श्रीमान्का साथै दाताको डीएनएको प्रयोगले बच्चा जन्माएकी हुन् । चिकित्सकहरुले यसलाई निकै ठूलो फड्को भनेका छन् । 
 
अमेरिकी चिकित्सकहरुको टोलीले उक्त शिशु वंशानुगत अवस्थाबाट मुक्त भएकोसमेत बताएका छन् । 
 
विज्ञहरुले विरलै हुने यो प्रक्रिया अरु परिवारमा पनि लागु गर्न सकिने जनाएका छन् । 
 
यो घटना पहिलो पटक भने भएको होइन । सन् ९० को अन्त्यतिर सुरु भए पनि यसलाई विज्ञानको नयाँ चमत्कार र विधि नै मानिएको छ । 
 
यो विधि विवादित विधि हो । यसलाई माइटोकोन्ड्रियल डोनेसन भनिन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ