arrow

बोर्डोलोई ट्रफी फुटबलः थ्रीस्टारको प्रतिद्धन्द्धी सिक्किम

logo
प्रकाशित २०७३ असोज १२ बुधबार
three-star.jpeg
गुवाहाटी । भारतको गुवाहाटीमा जारी बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपालको थ्रीस्टार क्लबले सिक्किम युनाइटेडलाई प्रतिद्धन्द्धी पाएको छ । 
 
थ्रीस्टार समुह ‘ए’ को विजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेको हो । सिक्किम समूह ‘बी’को उपविजेता हो । 
 
मङ्गलबार राति भएको समूह चरणको अन्तिम खेलमा बङ्गलादेशको बोनगोबिर ओग्रगामी क्लबलाई १–० ले पराजित गर्दै सिक्किम आफ्नो समूहको उपविजेता बन्न सफल भएको थियो । 
 
समुह चरणका खेलमा थ्री स्टारले दुई बराबरी र एक जित दर्ता गरेको थियो । 
 
थ्रीस्टार र सिक्किमबीचको भिडन्त बुधबारै हुनेछ । खेल गुवाहाटीको नेहरु स्टेडियममा अपरान्ह ४ बजे सुरु हुनेछ । 
 
२० जना खेलाडी बोकेर गुवाहाटी पुगेको थ्रीस्टारका अधिकांश खेलाडी घाइते भएका छन् । 
 
लिग चरणको अन्तिम खेलमा घाइते भएका गोलकिपर एलन न्यौपाने र मिडफिल्डर बुद्धा चेम्जोङ सेमिफाइनलमा उपस्थित हुन सक्ने छैनन् । 
 
त्यस्तै मिडफिल्डर प्रकाश बुढाथोकी पनि घाइते नै छन् । 
 
डिफेन्डर पिटर दोहोरो पहेंलो कार्डको शिकार हुँदा सेमिफाइनलमा हुने छैनन् । 
 
 
 
अर्को सेमिफाइनलमा बेलुकी ७ बजे इस्ट बङ्गाल र सिलोङ लाजोङ फुटबल क्लब भिड्ने छन् । 
 
प्रतियोगिताको विजेताले  १६ लाख र उपविजेताले रु आठ लाख प्राप्त गर्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ