arrow

शिखर शु: चिनाउँदै नेपाली ब्राण्ड, पुग्दै घरघर

logo
प्रकाशित २०७३ असोज १२ बुधबार
shikhar-shoe-brand.jpeg
काठमाडौं। नेपाली फुटवेयरले बजार मागको दुई तिहाई हिस्सा नेपाली उत्पादनले ओगटेको ब्यापारीले बताउने गरेका छन । परालको खराउ लगाउने युगदेखि विभिन्न स्वरूप र शैलीको विकास हुँदै आकर्षक डिजाइनका फुटवेयरहरु नेपालमा नै उत्पादन हुन थालेसगै नेपालीहरुको रोजाईमा समेत नेपाली उत्पादनका जुत्ताहरु पर्न थालेका छन्।
 
पछिल्लो समय मानिसको व्यक्तित्व चिनाउने गतिलो पहिरन बनेको छ मानिसले लगाउने जुत्ता। यसरी मानिसको व्यक्तित्वसँग जोडिएसँगै नेपाली जुत्ता उत्पादकहरूले पनि विभिन्न ढाँचाका आकर्षक र समयानुकूल परिस्थितिसँग मिल्ने खालका जुत्ताहरू उत्पादन गर्न थालिसकेका छन्। 
नेपालमा छालाजुत्ताको व्यवसायिक इतिहास हेर्दा वि सं २०२२ सालमा खुलेको बाँसबारी छालाजुत्ता कारखाना नेपालकै सबैभन्दा जेठो छालाजुत्ता कारखानाको रूपमा इतिहासमा दर्ज भएको छ । तर, अहिले धेरै वर्ष नेपालीको लागि छाला जुत्ता उत्पादन गरेको उक्त कारखाना बन्द भएसगै दर्जनभन्दा बढी निजी क्षेत्रका छालाजुत्ता कम्पनीहरुले अगाडि आएका छन्। पहिले पहिले छालाजुत्ताको कामलाई कुनै जाति विशेषमा विशिष्ठीकृत गर्दै आए पनि हाल आएर नेपाली समाजमा व्यवसायिकताको बाटो लिदै आत्मानिर्भर तिर उन्मुख हुदै गएको बताइन्छ। 
 
शिखर सुजको शैल यात्रा 
कुनै पनि व्यवसायको सफलताको लागि मेहनत नै सबैभन्दा ठूलो हतियार हो। यही सूत्रको प्रमाणीकरणको लागि एउटा साधन वा उदाहरण बन्न सक्छ शिखरसुजको शिखरयात्रा। अहिले झण्डै ७ सय प्रकारका जुत्ताचप्पलहरू उत्पादन गर्दै आएको र झण्डै एकहजार जना भन्दा बढी युवाहरू प्रत्यक्ष रोजगारीमा रहेको शिखरसुजको व्यवसायिक रूपमा शिखर चुम्ने यात्रा एउटा मोजा पसलबाट सुरू भएको हो। शिखर सुजका प्रवन्ध निर्देशक रामकृष्ण प्रसाई भन्छन् ‘मोजा पसल व्यवसाय सञ्चालन गर्दैगर्दा सँगैको जुत्ता पसलेले बासबारी छालाजुत्ता उद्योगमा जुत्ता बनाउने ठाउँ हेर्न जाउँ भनेर गएको त्यही अवलोकन नै शिखरसुजको मुहानविन्दु रहेछ।’ यसरी छाला जुत्ता उद्योगमा जुत्ता हेर्न पुगेका दुई मध्येका एक प्रसाई अहिले पनि आफ्नो जुत्ता उद्योग नेपालकै अग्रणी जुत्ता उद्योग मध्ये एक भएको दाबी गर्दै आएका छन्। जुन उपभोक्ताको सन्तुष्टिबाट पुष्टि पनि हुदै आएको उनी बताउदछन। 
 
वि सं २०५२ सालमा १० लाख लगानीमा विशेषगरी स्कूल कलेजको जुत्ताहरू दैनिक २०/३० जोर बनाउनेगरी सञ्चालन गरेको थियो। यसरी जुत्ताको सानो व्यवसायबाट आत्मनिर्भरताको बाटोमा लागेका प्रसाई र अहिलेको शिखरसुजले २०६० सालबाट ब्राण्डीङ सुरू गरेको थियो। जुन अहिले दैनिकजसो १५ सय जोर जुत्ता उत्पादन गर्दै आईरहेको छ। तर प्रसाईका अनुसार अहिले शिखर सुजको दैनिक ५ हजार जोर जुत्ता उत्पादन गर्ने क्षमता रहेको छ। उनको कारखानामा अत्याधुनिक ठुला क्षमताका मेशिनहरु रहेका छन्।
 
स्वदेशी उत्पादनमा स्वदेशी सान र नेपाली स्वाभिमान 
पछिल्लो समय नेपाली जुत्ता उत्पादन आत्मनिर्भरताको बाटोमा जाँदैछ। छिमेकी मुलुकहरू भारत र चीनबाट आउनेगरेका जुत्ताहरूले बढाएको परनिर्भरतालाई चिर्नको लागि अहिल धेरै जुत्ता उद्योगहरूले नेपाली उत्पादनलाई नै बढावा दिँदै आएको छ। जसको नेतृत्व अहिलेपनि शिखरसुजले गरिरहेको छ। अत्याधुनिक मेसिनहरू नेपाल भित्र्याएर नेपालमा नै स्वदेशी कच्चा पदार्थबाट समेत धेरै प्रकारका जुत्ताहरू उत्पादन गर्दै आएको शिखर सुजले कुनै कुनै जुत्ताको सोल मात्रै विदेशबाट ल्याएपनि जुत्ता भने आफैले उत्पादन गर्नेगरेको बताउँदै आएको छ। 
 
कच्चा पदार्थ र तयारी सामानमा एउटै दर लगाउँदा समस्या
प्रसाई भन्छन् ‘अहिले पनि चीनबाट ल्याईने सामानमा जुत्ताको लागि आवश्यक पर्ने कच्चा पदार्थ मात्रै ल्याईँदा पनि भन्सारमा लाग्ने दरमा कुनै फरक रहेको छैन। सरकारले लिने कर कच्चा पदार्थ र तयारी सामानको लागि एउटै रहेकोले पनि व्यपारीहरूमा कच्चा पदार्थ भन्दा पनि तयारी समानप्रति नै मोह बढ्दै जाने सम्भावना रहेको छ। त्यसैले पनि राज्यको तर्फबाट पनि आत्मनिर्भरताको लागि प्रोत्साहन गरिनुपर्ने प्रसाईँको तर्क थियो। 
 
लोभिनुको कारण आकर्षक कमाई 
प्रसाई भन्छन् ‘व्यापार गर्दा चुनौति हुन्छ र घाटामा गएर सत्यनास हुनेगरेको पनि मैले देखिरहेको नै थिए। त्यसमा म पनि सचेत थिए। तर मेरो कलिलो व्यापारिक मानसिकताले के देख्यो भने जुत्ता बेच्नेबेलामा जुत्ता बेचिन्थ्यो ७/८ सयमा सबै कुरा जोड्दा पनि जुत्ता बन्ने रहेछ ४/५ सयमा। अनि एउटा जुत्तामा नै २/३ सय रूपैयाँ फाईदा हुनेभएपछि त दैनिक ३० जोर जुत्ता बनाउँदा त ९ हजार त एक दिनमा नै फाईदा हुनेभयो। यसरी नै म आफू आफैंमा प्रेरित भएको हो। मलाई कसैले पनि प्रेरणा दिएको होईन। तर काम गर्दे जाँदा सहज भने रहेनछ।
 
प्रत्येक पाईलामा नेपाली राष्ट्रियता 
जबजब नेपाली जुत्ता उद्योगहरूले नेपाली जुत्ता उत्पादनको काम अगाडि बढाउँदैछन् त्यति नै मात्रामा नेपालीहरुले पनि नेपाली उत्पादनलाई नै बढी प्राथमिकता दिनते गरेका छन्। आजभन्दा करिब ५/६ वर्ष अघि एउटापनि नेपाली सोल नलगाउने नेपालीहरू मध्ये ५० प्रतिशतले अहिले नेपाली सोलको प्रयोग गर्ने गरेका छन् । पहिले नेपाली जुत्ता उत्पादकहरूले ४०/५० प्रतिशत जुत्ता नेपालमा बनाउने गरेकोमा अहिले आएर कूल ९० प्रतिशत भन्दा बढी जुत्ता नेपालमा बनाईने गरेको छ ।  
 
वारेन्टी के हो ?
वारेन्टीको कुरा गर्दा हामीले सोल भाँचिँदा, प्रेस्टिज उप्किँदा, सिलाई गयो भने मात्रै वारेन्टी दिने हो। तर धेरै हिँडेर सोल प्वाल पर्ने र सोल खिँईदै जाने अवस्थामा त हामीले केही पनि गर्न सक्दैनौं नि त। यस्तो अवस्थामा भने हामीले वारेन्टी दिन सक्दैनौं। 
 
अरू भन्दा के छ फरक ?
प्रसाई भन्छन् ‘हामी प्राविधिक रूपमा आधार मान्ने हो भने बजारमा रहेका अन्य जुत्ता उद्योगको तुलनामा अगाडि रहेका छौं। हामीले भित्र्याएको अत्याधुनिक मेसिनहरुले गर्दा हामीले यस्तो दाबी गर्न सकेको हुँ। मैले सबै राम्रो जति हाम्रो नै हो अरू सबै कमजोर र नराम्रा छन् भनेर पनि भन्दिन। अहिले धेरै अब्बल जुत्ता उद्योगहरू पनि स्थापित भईसकेका छन्। तर, जुत्ताको क्वालिटीमा, जुत्ताको मूल्यमा र जुत्ता पाईने स्थानको आधारमा हेर्ने हो भने सिखर सु अरू भन्दा धेरै अगाडि रहेका छौं। देशभर १५ वटा आधिकारिक स्वरूम र २ सय भन्दा बढी खुद्रा विक्रेताहरूले शिखरसुज विक्री गरिरहेका छन् भने मुल्यमा पनि हामीहरूको मुल्य फिक्स रहेकोले उपभोक्ताहरू ठगिने सम्भावना रहँदैन।’
 
 
 
 
 
 
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ