arrow

प्रस्तावित राजदूत उपाध्याय र पौड्यालको संसदीय सुनुवाई, सदस्यहरुबीच जुहारी

उपाध्यायले केही उपलब्धि गर्न सक्दैनन्–एमाले, योग्य भएरै सिफारिस गरेका हौं : कांग्रेस–माओवादी

logo
प्रकाशित २०७३ असोज १२ बुधबार
sunuwai-samiti-rajduti-news-.JPG.jpeg
काठमाडौँ । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ गरेको छ । 
 
सरकारले भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि लीलामणि पौड्यालको नाम सिफारिस गरी संसदीय सुनवाइका लागि संसद्मा पठाएको थियो । प्रस्तावित राजदूतद्वयले संसदीय सुनुवाइका क्रममा आफ्नो अवधारणा, कार्ययोजना र सोच प्रस्तुत गरे । 
 
वुधबार बिहान भएको सुनुवाईका क्रममा उपाध्यायले आफुलाई केपी ओली सरकारले विना कसुर फिर्ता बोलाएको र आफुले कुटनीतिक मर्यादा विपरित कुनै काम नगरेको बताए । तर, उपाध्यायको विषयमा सदस्यहरुबीच नै जुहारी चल्यो । 
 
एमाले उपाध्यक्ष समेत रहेकी समिति सदस्य अष्टलक्ष्मी शाक्य र एमाले प्रमुख सचेतक रहेका भानुभक्त ढकालले उपाध्यायले फेरि पनि नेपाल भारतको कुटनीतिक क्षेत्रमा खासै उपलब्धि नगर्ने टिप्पणी गरे । कांग्रेस र माओवादी केन्द्रका सदस्यहरुले भने उपाध्याय योग्य भएकैले र भारतसंगको सम्बन्धलाई थप मजवुत पार्न सक्ने भएकैले सिफारिस गरेको बताए ।
 
सुनुवाईका क्रममा उपाध्याय र पौड्यालले आफूहरुलाई सिफारिस गरेको मुलुकमा राजदूत भई काम गर्ने अवसर प्राप्त भएको खण्डमा दुई देशबीचको सम्बन्धलाई नेपालको हितमा केन्द्रित रहेर सुदृढ तुल्याउन योगदान दिने विश्वास दिलाए । 
 
दुवैले भने, ‘कूटनीति भनेको कला, कौशल र चातुर्यता हो, त्यसअनुसार कूटनीतिक जिम्मेवारीमा रहुन्जेल तटस्थ भएर काम गर्नेछौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ