arrow

शरद १ रनमै आउट, दिपेन्द्रको अलराउण्ड प्रदर्शनले जित्यो पञ्चकन्या

logo
प्रकाशित २०७३ असोज १२ बुधबार
everest-premier-league-nepal.jpeg
काठमाडौं । सशक्त व्याट्सम्यान शरद भेषावकर १ रनमा आउट भए पनि उदयमान बलर दिपेन्द्र सिंह एरीको अलराउण्ड प्रदर्शनले पञ्चकन्या तेजले कान्तिपुर गोर्खाजमाथि ३४ रनको जित हासिल गरेको छ । 
 
एभरेष्ट प्रिमियर लिग ईपीएल अन्तर्गत त्रिवि त्रिकेट मैदान कीर्तिपुरमा बुधवार भएको खेलमा दिपेन्द्र सिंह ऐरीले महत्पूर्ण ४ विकेट लिँदा गोर्खाजले १ सय ३० रनको मध्यम चूनौती पार गर्न सकेन । 
 
४ ओभर बलिङ गरेका दिपेन्द्रले २५ रन खर्चे । व्याटिङमा समेत उनले सशक्त प्रदर्शन गरे । दिपेन्द्रले २२ रनको योगदान गरे । 
 
टस हारेर पहिले व्याटिङ गरेको पञ्चकन्याले निर्धारित २० ओभरमा गोर्खाजलाई जितका लागि १ सय ३० रनको चुनौती दिएको थियो । पञ्चकन्याका लागि पुष्प थापाले अविजित ३८ रनको योगदान गरे । 
 
यस्तै आरिफ शेखले ३२ रन जोड्दा कप्तान शरद भेषावकर १ रनमै पवेलियन फर्किए । गोर्खाजका लागि अविनाश बोहराले सर्वाधिक ४ लिए ।  
 
१ सय ३० रनको चुनौती पछ्याएको कान्तिपुर गोर्खाज निर्धारित २० ओभर क्रिजमा टिकेपनि ९५ रनमै समेटियो । व्याटिङ चल्न नसकेको गोर्खाजका लागि सन्दिप झोराले सर्वाधिक १७ रन जोडे । टोलीका कप्तानी सम्हालेका बसन्त रेग्मीले पनि मात्र १३ रन जोड्न सके । गोर्खाजको व्याटिङ ध्वस्त गर्नेक्रममा दिपेन्द्र सिंह ऐरीले एक्लैले ४ विकेट लिए । करण केसीले २ विकेट हात पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ