arrow

बत्तिले अध्याँरो छिचोल्न नसकेकोप्रति आँखा नचिम्लिऔं : प्रधानमन्त्री

क्यान्सर अस्पतालबारे स्वास्थ्यमन्त्रीले मलाई रिपोर्टिङ गर्नु भएको थियो

logo
प्रकाशित २०७३ असोज १२ बुधबार
PM-citawan-hosp.jpeg
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले बत्तीमूनि अध्याँरो हुन्छ भनेर बत्तिले अध्याँरो छिचोल्न नसकेको कुराप्रति आँखा नचिम्लन आग्रह गरेका छन् । 
 
वुधबार वीपी कोइराला मेमोरीयल क्यान्सर अस्पतालको स्थलगत निरीक्षण र बिरामीहरुसँगको भेटपछि प्रधानमन्त्रीले भने, ‘बत्तिमूनि अध्याँरो हुन्छ भन्ने सर्वमान्य कुरा हो । तर, बत्तीमूनि अध्याँरो हुनु र बत्तिले अध्याँरो छिचोल्न नसक्नु एउटै कुरा होइन । बत्तीले अध्याँरो छिचोल्न नसकेको जनगुनासो सम्बोधनतिर ध्यान दिन विशेष अनुरोध गर्दछु ।’
 
प्रधानमन्त्रीले दाहालले थपे, ‘यस क्यान्सर अस्पतालमा विरामीको चाप निकै बढेको छ । तर, बढेको चापअनुसार पूर्वाधार, उपकरण र जनशक्तिको व्यवस्था हुन सकेको छैन । यसलाई मैले गम्भीर रुपमा लिएको छु । म यसको गुणस्तर सुधार र समस्या समाधानमा आवश्यक पहल गर्नेछु । तर, जनताको भावना र पीडामा कत्ति पनि हेलचक्राई नगर्नुहोला ।’ 
 
सम्बोधनमा प्रधानमन्त्रीले क्यान्सर अस्पताल चीनियाँहरुको सहयोगमा स्थापना भएको स्मरण गर्दै यसबारे चीनियाँ प्रधानमन्त्रीसँग कुरा गर्ने बताए । 
 
दाहालले भने, ‘केही दिन अघि मात्रै स्वास्थ्य मन्त्रीले यहाँको निरीक्षण गरेर मलाई केही जानकारी गराउनु भएको छ । सम्भवतः क्यान्सरको उपचारका हिसावले यो नै मुलुकको केन्द्रीय अस्पताल हो । यसको ख्याती देश भरी मात्र होइन विदेशमा पनि छ ।’ तर, मैले हेर्दा केही सामग्रीहरु अन्तर्राष्ट्रिय स्तरकै छन्, दाहालले थपे, ‘काठमाडौं बाहिर यो स्तरको सामान भेटिँदैन । केही समान भने पुराना भइसकेका छन् ।’ तपाईहरुले दुःख गरिरहनु भएको छ । अझै कार्यान्वयन तहलाई बलियो बनाई हामी अन्य देश सरह विकास पथमा देखिनु पर्दछ ।    
 
निरीक्षणका क्रममा अस्पताल सञ्चालक समितिका अध्यक्ष र कार्यकारी निर्देशकले अस्पतालको भौतिक एवं मानवीय अवस्था र समस्याबारे प्रधानमन्त्रीलाई अवगत गराए । निरीक्षणका क्रममा प्रधानमन्त्रीले अस्पतालका विरामी, विरामीका आफन्तजन र नागरिकसंग संक्षिप्त कुराकानी समेत गरे । 
 
कार्यक्रममा पूर्व उपप्रधानमन्त्री अमिक शेरचन, नेताहरु नारायण दाहाल लगायतका नेताहरु समेत थिए । वुधबार नै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहालले चितवनका माओवादी केन्द्रका नेता, कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ