arrow

च्यापियन्स लिगमा ८ खेल : एथ्लेटिको मड्रिड र बायर्न म्युनिख भिड्ने, साथमा वार्साको भिडन्त

logo
प्रकाशित २०७३ असोज १२ बुधबार
foot.jpg.jpeg
एजेन्सी । च्यापियन्स लिग अन्तर्गत बुधवार राति ८ खेल हुँदै छन् । सबै खेलहरु नेपाली समय अनुसार राति १२ः३० मा सुरु हुनेछन् । 
 
खेलहरुमा जर्मनीको बायर्न म्युनिखले स्पेनिस क्लब एथलेटिको मड्रिड सामना गर्नेछ । बार्सिलोनाको खेल पनि वुधबारनै हुँदैछ । स्पेनिस क्लब बार्सिलोनाले जर्मनीको बोरुसिया मोन्चेनग्ल्याडव्याचसँग खेल्ने छ । 
 
यस्तै इङ्लिश क्लब म्यानचेस्टर सिटी र आर्सनलले पनि क्रमशः  स्कटल्याण्डको सेल्टीक र स्वीट्जरल्याण्ड बासेलको सामना गर्नेछ । फ्रान्सको पेरिस सेन्ट जर्मेन पीएसजी र बुल्गेरियाको लुदोगोरेट्स राजगार्डबीचको खेल पनि राति हुनेछ । 
 
आजै हुने अन्य खेलहरुमा टर्कीको बेसिक्टसले र युक्रेनको डाइनामो किभ तथा रुसको रोसटभले र नेदरल्याण्ड्सको पीएसभी इन्दोभेनको सामना गर्नेछ । यस्तै, दुई इङ्लिश क्लब नर्वीच सिटी र न्यू क्यासल युनाइटेडबीच समेत भेट हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ