arrow

व्याटिङमा पारसको फेरि कमाल, अर्धसतकीय पारी खेल्दै वारियर्सलाई जिताए

लिग तालिकामा पञ्चकन्यालाई पछ्याउँदै वारियर्स

logo
प्रकाशित २०७३ असोज १२ बुधबार
EPL-RAIN-new.jpeg
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान समेत रहेका पारस खड्काले जारी एभरेष्ट प्रिमियर लिग ईपीएलमा फेरि कमाल गरेका छन् । 
 
वुधबार भएको दोस्रो खेलमा अर्धसतकीय पारी खेल्दै पारसले आफ्नै कप्तानीमा रहेको विशाल वारियर्सलाई जिताए । वारियर्सले जगदम्बा राइनोजविरुद्ध ७ विकेटको सनसनीपूर्ण जित निकाल्यो । 
 
२० ओभरको खेल वर्षाको प्रभावका कारण डीएलएस नियम अनुसार १६ ओभर मात्रै खेलाइयो । टस हारेर पहिले व्याटिङ गरेको जगदम्बा राइनोजले १६ ओभरमा ६ विकेटको क्षतिमा १ सय १० रनको योगफल तयार पार्‍याे । 
 
राइनोजको लागि अमित श्रेष्ठले सर्वाधिक ३९ रनको योगदान गरे । यस्तै प्रेम तामाङले २६, सुभेन्दु पाण्डेले १२ र महेश क्षेत्रीले १० रन जोडे । अन्य व्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन् । 
 
राइनोजको कप्तानी सम्हालेका शक्ति गौचनले २ बल सामना गर्ने मौका पाए पनि रन बनाउन सकेनन् । वारियर्सका लागि रामनरेश गिरी एक्लैले ३ विकेट लिए । यस्तै, सुशन भारी र दीपेश खत्रीले समान एक–एक विकेट लिए । 
 
१६ ओभरमा छोट्याइएको खेलमा १ सय १४ रनको चुनौती पाएको वारियर्सले १३ दशमलब ३ ओभरमा जित निकाल्यो । वारियर्सका लागि कप्तान पारस खड्काले अर्धसतकीय पारीको योगदान गरे । ३८ बल सामना गरेका पारसले अविजित ५६ रन जोडे । उनले २ छक्का र ७ चौका वर्षाए । यस्तै, सागर पुनले २३ र परेश लोहनीले १३ रन जोडे । 
 
राइनोजका साह अलामले २ र शक्ति गौचनले १ विकेट लिए । यो जितपछि विशाल वारियर्स प्रतियोगितामा अपराजित रहँदै ३ खेलबाट ५ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । यस्तै शतप्रतिशत नतिजाका साथ पाञ्चकन्या तेज अंक तालिकाको पहिलो स्थानमा छ । तेस्रो स्थानमा रहेको कान्तिपुर गोर्खाजको ३ अंक छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ