arrow

गगनको ठाउँमा आए मोहन

logo
प्रकाशित २०७३ असोज १२ बुधबार
letter-hydro-committee.gif
काठमाडौं। व्यवस्थापिका संसद्को कृषि तथा जलस्रोत समितिले नयाँ सभापति पाउने भएको छ । स्वास्थ्य मन्त्रीको पदभार ग्रहरण गरेसँगै सांसद् गगन थापाले छाडनुपरेको उक्त समितिमा काँग्रेस सांंसद् मोहनप्रसाद बराल सभापति भएर जाने पक्का भएको हो । 
 
शुक्रबार गर्न लागिएको सभापतिको निर्वाचनको लागि बुधबार भएको मनोनयन दर्ताको समयावधि भित्र बराल एक जना मात्रैको उम्मेदवारी परेपछि उनी सर्वसम्मत चयन भएका हुन् । नेकपा माओबादी केन्द्रकी सांसद् सीता नेपालीको प्रस्ताव तथा एमाले सांसद काशिनाथ अधिकारीको समर्थनमा उनले उम्मेदवारी दिएको संसद् सचिवालयको महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए । 
 
बराल नेपाली काँग्रेसमा कृष्णप्रसाद सिटौला समुह नजिकका सांसद्को रूपमा चिनिन्छन् । सार्वजनिक लेखा समितिमा नेकपा माओबादी केन्द्रका सांसद्को ठाउँमा एमालेले उम्मेदवारी दिने पक्का भएपनि समितिको सभापतिमा राजनीतिक सन्तुलनका आधारमा एमालेलाई धेरै हुने भएपछि त्यसमा संत्तारुढ दलहरु काँग्रेस र एमालेले सहमति जनाएन। एमालेले पनि अन्य समितिको सभापति छोडेर लेखा समितिको सभापति लिन चाहेन। विपक्षी दलको सभापति हुने मान्यता अनुसार एमालेले आफूले सभापति पाउनुपर्ने तर्क मात्र गरिरहेको छ। लेखामा सहमति जुट्न वाँकी रहेपनि गगन थापा रहेको कृषि समितिमा भने सरकार समर्थित दल नेपाली काँग्रेसको नै सभापति पक्का भएको छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ