arrow

सार्क बैठकमा भाग नलिनेमा अफगानिस्तान पनि, बैठक हुनेमा नेपाल विश्वस्त रहेको भन्दै भारतमा चर्चा

चार मुलुक सन्किए

logo
प्रकाशित २०७३ असोज १२ बुधबार
SARC-tanab-new.jpeg
काठमाडौं । पाकिस्तानको इस्लामावादमा हुने भनिएको १९औं सार्क शिखर सम्मेलनमा भाग नलिने मुलुकको विषयलाई लिएर भारतमा सनसनी फैलिएको छ । 
 
यसअघि भारत, बंगलादेश र भुटान सहभागि नहुने भनेकामा अब अफगानिस्तान समेत थपिएको चर्चा भएको छ । भारतीय संचारमाध्यले यी चार मुलुकले सार्क शिखर बैठकमा सहभागिता नजनाउने निर्णय लिइसकेको उल्लेख गरेका छन् । 
 
बीबीसी हिन्दी सेवाको अनलाईन पोर्टलले अहिले अध्यक्षता गरिरहेको नेपालको परराष्ट्रमन्त्रालयका सह–सचिव झविन्द्र प्रसाद अर्याललाई उदृत गर्दै यी चार मुलुकले बैठकमा भाग नलिने भनि आधिकारिक रुपमा जानकारी दिएको उल्लेख गरेको छ । 
 
आगामी नोभेम्बर ९ र १० तारिखमा पाकिस्तानको इस्लामावादमा हुने प्रस्ताव गरिएको छ । हरेक दुई वर्षमा हुने बैठकमा दक्षिण एसियाका ८ राष्ट्र सहभागि हुने कार्यतालिका थियो । यदी बैठकमा कुनै एक सदस्य राष्ट्र सहभागि नभए बैठक हुन सक्दैन । 
 
भारतीय संचारमाध्यमले नेपालको विश्वासको चर्चा गर्दै तोकिएकै समयमा बैठक हुनेमा नेपाल विश्वस्त छ भनेका छन् । भारतले सबै भन्दा पहिले क्षेत्रीय सहयोग र चरमपन्थी गतिविधि एक साथ चल्न नसक्ने भन्दै बैठकमा सहभागि नहुने घुर्की लगाइरहेको छ । 
 
भारतको हिन्दुस्तान टाइम्सको अनलाइन पोर्टलले समेत अनुपयुक्त वातावरणका कारण चार मुलुकले सहभागि नहुने निर्णय गरेको उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ