arrow

संविधान संशोधन नै अहिलेको आवश्यकता : शान्ति मन्त्री यादव

logo
प्रकाशित २०७३ असोज १२ बुधबार
birjungprogram.jpeg
वीरगंज । नेपाली कांग्रेसकी नेतृ एवं शान्ति तथा पूनःनिर्माण मन्त्री श्रीमती सीता देवी यादवले संविधानमा देखिएको मतभेदलाई संशोधन मार्फत सम्बोधन गरि राष्ट्रलाई निकास दिन सरकार प्रतिबद्ध रहेको बताएकी छन् । बडा दशैं, तिहार तथा छठ पर्वको अवसरमा नेपाली कांग्रेस वीरगंज नगर कार्यसमितिद्वारा वुधबार आयोजित शुभकामना आदान प्रदान तथा  चियापान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले मुलुकमा दिगो शान्ति स्थापनाका लागि संविधानमा सबैको समान अधिकार स्थापित गर्नुपर्ने बताइन् ।
 
 उनले विभेद रहित समाज निर्माणमा सबै राजनैतिक दलहरुको साझा प्रयास आवश्यक रहेको कुरामा जोड दिदै समृद्ध नयाँ नेपाल निर्माणका लागी दलहरु जुट्नुको विकल्प नरहेको दावि गरिन् । नेपाली कांग्रेसकी कोषाध्य समेत रहेकी मन्त्री यादवले संविधान निर्माण पछि त्यसको कार्यान्वयन र मुलुकको समृद्धिका लागि सरकारले सबैलाई समेटेर अगाडी बढ्ने बताइन् । 
 
नेपाली कांग्रेस वीरगंज नगर कार्यसमितीका अध्यक्ष भोला प्रसाद कलवारको  सभापतित्वमा सम्पन्न कार्यक्रममा पुर्व सांसद एवं कांग्रेस नेता अजय द्विवेदी पुर्व सभासदद्वय ओमप्रकाश शर्मा, रामेश्वर रौनियार, पुर्व जिविस सभापति जनार्दन सिंह क्षेत्री, नेपाली कांग्रेस पर्साका सचिव अशोक जैसवाल, पुर्व उपसभापति दिनाप्रसाद गुप्ता, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवं मधेश विभाग प्रमुख विजय कुशवाहा, जिल्ला अध्यक्ष रामनारायण कुर्मी नेपाल तरुण दलका केन्द्रिय सदस्य नविन सिंह, जिल्ला अध्यक्ष विरेन्द्र पटेल, नेपाली कांगे्रस पर्साका क्षेत्रिय सभापतिहरु विजय सर्राफ, अरविन्द गुप्ता, मृत्युन्जय श्रीवास्तव, रमेश पाण्डे, लगायतका वक्ताहरुले आ–आफनो शुभकामना मन्तब्य व्यक्त गरेका थिए भने कार्यक्रको सहजीकरण नगर सचिव संतोष सिंहले गरेका थिए । 
 
कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेन प्रतिनिधी, महासमिति सदस्य, शुभेच्छुक तथा भातृ संघ संस्थाका पदाधिकारी लगायत कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ