arrow

लोकतन्त्र जीवित देख्न चाहने हो भने चुनावको बाटो खोलौः सिटौला

logo
प्रकाशित २०७३ असोज १२ बुधबार
krishna-sitoula-nijamati.jpeg
काठमाडौं। नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले निर्वाचन रोकिने वातावरण भए त्यसले लोकतन्त्रलाई नै जीवित तुल्याउन नसक्ने बताएका छन्। नेपाल निजामती कर्मचारी युनियन संघ अन्तर्गत न्याय सेवाका निजामती कर्मचारीहरुको कार्यक्रममा बोल्दै नेता सिटौलाले चुनाव रोकेर लोकतन्त्र जीवित रहने नसक्ने बताएका हुन्। 
 
संविधान कार्यान्वयनका लागि २०७४ माघ ७ भित्र ३ तहको निर्वाचन भइसक्नुपर्ने वाध्यता रहेको उल्लेख गर्दै सिटौलाले अब सबैको ध्यान चुनावतर्फ केन्द्रीत हुनुपर्ने बताए। संविधान कार्यान्वयन भए देशमा राजनीतिक स्थिरता हुने भएकोले पनि चुनाव सबैको प्राथमिकतामा रहनुपर्ने नेता सिटौलाले बताए। उनले थपे, 'अब सिंगो देशको ध्यान चुनावतर्फ केन्द्रीत हुनुपर्छ।' 
 
संविधान विज्ञहरुले बनाएको नभइ जनताले चुनेका राजनीतिक नेतृत्वले बनाएको उल्लेख गर्दै सिटौलाले कहिलेकाहि पढ्दै जाँदा आफैलाई पनि संविधानमा कमजोरी र त्रुटी रहेको महशुस हुने प्रष्ट पारे। तर ती त्रुटी र कमजोरी संविधान कार्यान्वयनको चरणमा जाँदा सच्याउँदै लैजानुपर्ने उनले बताए। 
 
काँग्रेस मन्त्रीका पिए एमाले !
कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष तथा आधिकारीक कर्मचारी युनियनका महासचिव सुवोध कुमार देवकोटाले काँग्रेसका मन्त्रीहरुले काँग्रेस कार्यकर्ता र जनताको भावना अनुसार काम गर्नुपर्नेमा कमजोरी रहेको औंल्याए। उनले कतिपय काँग्रेस निकटहरु नै काँग्रेस सत्तामा आएको भन्दा नआएकै ठीक भन्ने अवस्थामा पुगेको गुनासो गरे। काँग्रेसका कतिपय मन्त्रीहरुको स्वकिए सचिव नै एमाले निकट कर्मचारी संघका रहेकोमा पनि देवकोटाले आपत्ति जनाए। 
 
कार्यक्रममा नेपाल सरकारबाट पुरस्कृत न्याय सेवाका चार जनालाई सम्मानित गरिएको थियो। कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन संघ अन्तर्गत न्याय सेवाका निजामती कर्मचारीहरुले दशै, तिहार, नेपाल सम्वत, छठ लगायतका चाडहरुको सन्दर्भमा शुभकामना आदानप्रदान गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ