arrow

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक समितिमा

logo
प्रकाशित २०७३ असोज १३ बिहिबार
samsad-bhawan.jpeg
काठमाडौँ । व्यवस्थापिका–संसद्को विहिबारको दोस्रो बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । 
 
शिक्षामन्त्री धनिराम पौडेलले उक्त प्रस्ताव सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाइयोस् भनी सदनसमक्ष प्रस्ताव प्रस्तुत गरेका थिए । 
 
आजैको बैठकमा उद्योग मन्त्री नवीन्द्रराज जोशीद्वारा प्रस्तुत ‘उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको प्रतिवेदनसहितको औद्योगिक व्यवसाय विधेयक, २०७१’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको छ । 
 
त्यसैगरी बैठकले ‘औद्योगिक व्यवसाय विधेयक, २०७३’ पारित गरेको छ । उक्त प्रस्ताव मन्त्री जोशीले प्रस्तुत गरेका थिए । व्यवस्थापिका–संसद्को अर्को बैठक यही असोज १४ गते शुक्रबार बिहान ११ बजे बस्नेछ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ