arrow

दशरथ रंगशालामा नेपालको कमजोर प्रदर्शन, भियतनाम ५–१ ले विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २२ बुधबार
nepal-vietnam-dasharath-stadium.jpg

काठमाडौं । पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गत एसिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले भियतनामसँग कमजोर प्रदर्शन गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको घरेलु मैदानमा नेपालले कमजोर प्रदर्शन गरेको हो । बुधबार बेलुकी सम्पन्न खेलमा नेपाल ५–१ ले पराजित भयो । 

भियतनामलाई जिताउन कप्तान हुन्ह न्हुले दुई गोल गरिन् । यस्तै फाम हाइ यन, एनगुएन थि बिच थुए र एनगुएन थि नाले एक एक गोल गरे ।

नेपालका लागि सावित्रा भण्डारी साम्बाले मात्र एक गोल फर्काइन् ।

नेपालले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल खायो । नेपालले दोस्रो हाफमा सावित्राले एक गोल गरिन् । 

छनोटको समूह सी मा रहेको नेपालले अब शनिबार भियतनामसँग दोस्रो खेल खेल्नेछ ।

प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यस समूहमा नेपाल र  भियतनाम मात्र रहेको हो ।  शीर्ष स्थानमा रहने टोली दोस्रो चरणमा पुग्नेछ । अब दोस्रो चरणमा पुग्न नेपालले कम्तीमा पाँच गोलको अन्तरले जित्नुपर्ने हुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ