arrow

निवर्तमान सरसफाइ मन्त्रीको फोहर भिडियो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २४ शुक्रबार
abdul-khan-janamat-party-vp.jpg

काठमाडौं । निवर्तमान खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानको अश्लील भिडियोको विषयमा नेपाल प्रहरीको ध्यान आकर्षित भएको छ । अश्लील भिडियो बाहिर आउने भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएर प्रहरी कार्यालय गुहार्न पुगेका थिए । 

खानको भिडियोको विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको हो । मन्त्री छाडेको केही दिनपछि एक महिलासँग ह्वाटसएपमा अश्लील गतिविधि गरिरहेको भिडियो बाहिरिएको थियो । 

खानले भने उक्त भिडियो ६ महिना पहिलेको भएको बताउँदै प्रहरीमा उजुरी गरेका थिए । भिडियो काटकुट पारेर बाहिर ल्याएकाले अन्याय भएको भन्दै नेपाल प्रहरीको साइबर व्यूरोलाई उनले उजुरी गरेका थिए । साइबर व्यूरोका प्रवक्ता पशुपति रायका अनुसार प्रहरीले यो विषयमा अनुसन्धान गरिरहेको छ । 

खानले कुराकानी भएको हो तर भिडियो काटकुट पारेर आफूमाथि षड्यन्त्र गरिएको भन्दै उजुरी दिएका हुन् । शुरुमा भारतीय युवतीले आफूलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएको उनले बताएका छन् । फेसबुकमा साथी बनेर करिब २० दिन कुरा भएपछि ह्वाट्सएपमा भिडियो कल गरेर अश्लील फोटो र भिडियो देखाइएको उनले उजुरीमा बताएका छन् । 

खानले बाँकेमै हुँदा आफूसँग कुरा भएको दाबी गरेका छन् । यस बारेमा जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएको पनि उनले बताएका छन् । शुरुमा आफूसँग राम्रोसँग प्रोफेसनल नै कुरा भएको जानकारी दिंदै उनले भने, ‘तर पछि ह्वाट्सएपमा कुरा हुँदा भने सिधै त्यस्ता फोटो र भिडियो देखाउन थाले । पछि साथीहरुको प्रोफाइलमा पनि हालिदिएछन् ।’ 

तर भिडियोमा भने उनले पनि अश्लील गतिविधि गरेको देखिने प्रहरीको दाबी छ । शुरुमा ती युवतीको अश्लील भिडियो हेरिरहन्छन् । पछि आफैँ त्यस्ता गतिविधि गरेको भिडियोमा देखिन्छ । ती युवतीसँग उनले हिन्दी भाषामा कुरा गरेको बताएका छन् ।

‘प्रहरीले यसमा केही टेन्सन लिनु पर्दैन । हामी अनुसन्धान गरेर भिडियो पनि हटाउँछौं भनेका थिए । इण्डियातिर पनि हामी पठाउँछौँ भनेका थिए’, खानले प्रहरीलाई उजुरी गर्ने क्रममा भनेका छन् । 

साइबर व्यूरोले पनि सो विषयमा अनुसन्धान गर्ने जनाएको छ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्षसमेत रहेका खान माघ ११ गते मन्त्री बनेका थिए । तर जनमतले उद्योग मन्त्रालय माग गरेको थियो । उक्त मन्त्रालय नपाएपछि चैत १७ गते उनले मन्त्रीबाट राजीनामा दिएका थिए । 

खान जनमतका समानुपातिक सांसद हुन् । सोही भिडियो बाहिर आउने भएपछि उनले राजीनामा दिएको चर्चा पनि व्यापक रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ