arrow

पारसले पनि लगाउन सकेनन् पञ्चकन्याको अपराजित यात्रामा पूर्णविराम

logo
प्रकाशित २०७३ असोज १४ शुक्रबार
TU-cricket-ground.jpeg
काठमाडौ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी एभरेष्ट प्रिमियर लिग ईपीएलमा पञ्चकन्या तेजले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । शुक्रवार भएको दोस्रो खेलमा पञ्चकन्याले राष्ट्रिय टोलीका कप्तान पारस खड्का नेतृत्वको टोली विशाल वरियर्समाथि २ विकेटले जीत हात पारेको छ । 
 
प्रतियोगितामा दाबेदारी टोलीको रुपमा हेरिएको वरियर्सले समेत पञ्चकन्याको अपराजित यात्रालाई तोड्न सकेन । 
 
टस जितेर पहिले व्याटिङ रोजेको वरियर्सले निर्धारित २० ओभरमा १ सय ४२ रनको योगफल तयार पारेको हो । उसका लागि सागर पुनले सर्वाधिक ४४ रनको योगदान गरे । अविजित रहँदै मन्जित श्रेष्ठले ४० रन जोडे । 
 
जारी प्रतियोगितामा उच्च फर्ममा रहेका कप्तान पारस खड्काले पनि मात्र २७ रन जोड्न सके । अन्य व्याट्सम्यानले भने दोहोरो अंकको रन बनाउन सकेनन् । पञ्चकन्याका लागि सुशिल कँडेल र भुवन कार्कीले समान २ विकेट हात पारे । करण केसी र दिपेन्द्र सिंह एरीले पनि समान एक-एक विकेट लिए । 
 
१ सय ४३ रनको चुनौती पञ्चकन्याले १९ दशमलव ३ ओभरमा भेट्टायो । उसका लागि अरिफ सेखले सर्वाधिक ४७ रनको योगदान गरे । यस्तै पृथु बास्कोटाले २४ रन जोड्दा सोनु तामाङले पनि १४ रनको योगदान गरे । 
 
पञ्चकन्याका लागि हरेक खेलमा अलराउन्ड जाँदु गरेका शरद भेषावकरले भने मात्र ९ रन जोडे । 
 
वरियर्सका लागि दिपेश श्रेष्ठले सर्वाधिक ४ विकेट हात पारे । यस्तै रामनरेश गिरीले २ विकेट लिँदा सुशान भारी र सागर पुनले पनि समान एक-एक विकेट लिए । 
 
जितपछि पञ्चकन्या तेज शतप्रतिशत नतिजाका साथ पाँच खेलबाट १० अंक बटुल्दै अंक तालिकाको शिर्ष स्थानमा यथावत छ । विशाल वरियर्स भने आजको हारपछि एक स्थाल तल झर्दे अंक तालिकाको तेस्रो स्थानमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ