arrow

साताको नेप्से : चार अर्ब भन्दा बढीको कारोबार

logo
प्रकाशित २०७३ असोज १५ शनिबार
Nepal-Stock-exchange.jpg.jpeg
काठमाडौँ । धितोपत्र बजारमा यस साता कुल १५८ कम्पनीको रु चार अर्ब ४५ करोड तीन लाख २८ हजार मूल्य बराबरको ५२ लाख ९२ हजार १६० कित्ता सेयर कारोबार भएको छ । 
 
नेपाल स्टक एक्चेन्जकाअनुसार गतसाता १५२ कम्पनीको रु पाँच अर्ब ६५ करोड ४६ लाख ५८ हजार बराबरका ७२ लाख ३९ हजार ७५० कित्ता सेयर खरिद बिक्री भएका थिए । 
 
कारोबार रकम गत साताको भन्दा २१.२७ प्रतिशत कम रहेको स्टकले जनाएको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २२.७४ अङ्कले बढेर अन्तिम दिन एक हजार ७५३.३८ अङ्कमा पुगेको छ । 
 
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ५.२२ अङ्कले बढेर ३८०.२६ अङ्कमा आइपुगेको छ । यससाता कारोबार रकमको आधारमा एभरेस्ट बैंक अग्रस्थानमा रहेको छ । सो बैंकको रु ५३ करोड एक लाख २० हजार मूल्य बराबरको सेयर कारोबार भएको थियो । 
 
त्यसैगरी कारोबार भएको सेयर सङख्या पाँच लाख ११ हजार कित्ताको आधारमा नबिल ब्यालेन्स फन्ड एक अग्रस्थानमा रहेको छ । 
 
यससाता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष पाँच दिन खुला रह्यो । यससाता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार नभएको स्टकले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ