arrow

छ आयोगसम्बन्धी प्रस्ताव स्वीकृत

logo
प्रकाशित २०७३ असोज १६ आइतबार
samsad.gif
काठमाडौँ । व्यवस्थापिका–संसद्ले छ आयोगसम्बन्धी विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । त्यसअघि बैठकमा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले ती आयोगसम्बन्धी विधेयक छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । 
 
शनिबारको बैठकमा राष्ट्रिय दलित, राष्ट्रिय समावेशी, आदिवासी जनजाति, मधेसी, थारू र मुस्लिम आयोग विधेयक २०७३ लाई छलफलका लागि समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत भएको हो । यसअघि बैठकले विधायन समितिमा रहने सदस्यको नाम थपसम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ ।
 
उक्त समितिमा प्रेमबहादुर सिंहको नाम थप गरिएको छ । सभामुख ओनसरी घर्तीले आजको बैठकमा उक्त प्रस्ताव प्रस्तुत गरेका थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ