arrow

सलमानलाई नाना पाटेकरको झटारो : कलाकार उडुस हुन्

logo
प्रकाशित २०७३ असोज १७ सोमबार
Salman-Khan-Nana-Patekar.jpeg
एजेन्सी । बलिउड स्टार सलमान खानले पाकिस्तानी कलाकाहरुको समर्थन गरेसँगै बलिउड तातेको छ । सोहि क्रममा नाना पाटेकरले पनि आफ्नो भनाइ राखेका छन् । नाना पाटेकरले कलाकार उडुस जस्ता रहेको बताएका छन् । उनले भने,- कलाकार त उडुस जस्ता हुन्  वास्तविक हीरो त सीमामा रहेका सैनीक हुन् ।'
 
आइतबार नयाँ दिल्लीमा सञ्चारमाध्यमहरुसँग कुरा गर्दै  पाटेकरले भने , 'पाकिस्तानी कलाकार दोस्रो कुरा हो , पहिलो देश हो ।  देश बाहेक म कसैलाई चिन्दिन र म चिन्न पनि चाहान्न । हामी  कलाकार देशको अगाडि उडुस जस्ता हौँ । हाम्रो कुनै मूल्य छैन ।'
 
उनले भने,-' म पहिले सेनामा थिए र मैले अढाई वर्ष त्यहाँ बिताएको छु । म राम्रोसँग जान्दछु कि देशको वास्तविक हिरो को हो भनेर । हाम्रो जवान जो छन् , उनिहरु भन्दा ठुलो हीरो यो संसारमा कोहि छैन ।  जो बलिउडमा बोल्छन् , उनिहरुले ध्यानदिन आवश्यक छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ