arrow

नौ वर्षकी जिग्मेले गीतबाट यसरी सिकाईन् ठूलालाई आदर गर्ने कुरा

logo
प्रकाशित २०७३ असोज १७ सोमबार
geets.jpeg
काठमाडौं । नौ वर्षकी बालिका जिग्मेको स्वरमा ‘ठूलालाई आदर बोलको गीत सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच बाल गायिका जिग्मे छ्योकीको म्युजिक भिडियो समर्वजनिक भएको थियो । 
 
वरिष्ठ संगितकार सुरेश अधिकारीको संगीत तथा चन्द्र तामाङ‘ब्लोन’ को रचनामा रहेको उक्त म्युजिक भिडियोमा छ्योकीकै अभिनय समेत रहेको छ । पेमालामा सिद्धीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथीको रूपमा सुरेश अधिकारी नै रहेका थिए । 
 
कार्यक्रममा बोल्दै संगीतकार अधिकारीले गायिका छ्योकीले आफूले सोचेको भन्दा पनि राम्रो अभिनय गरेको भन्दै उनको प्रशंसा गरे । उनले गीत रेकर्ड गराउनु भन्दा पहिले यो गीत गाउनको लागि निकै मेहनत गर्नुपर्छ कि भन्ने लागेको भएपनि छ्योकीले यसलाई सजिलै स्वरमा उतारेको भन्दै प्रशंशा गरेका हुन् ।  
 
कार्यक्रममा छ्योकीले जहाँछन् बुद्धका आँखा लगायतका गीतहरू गाएकी थिईन् भने उनले गाएको नयाँ गीत ठूलालाई आदरलाई प्रोजेक्टर मार्फत् देदाईएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ