arrow

छक्का पञ्जाका संगीतकार दीपकले गरे हे बरै सार्वजनिक (भिडियो)

logo
प्रकाशित २०७३ असोज १८ मंगलबार
deepak-sharma-rakshya-shrestha.jpeg
काठमाडौँ । संगीतकारबाट आफ्नो परिचय स्थापित गरेका संगीतकार दीपक शर्माले गायनमा डेब्यू गरेका छन् । नेपाली सांगीतिक क्षेत्रमा करिब ७ सय गीतमा संगीत भरिसकेका संगीतकार शर्माले  हे बरै बोलको लोक शैलीको गीतमा आफ्नै शब्द संगीत र एरेन्ज मार्फत बजारमा आएका छन् । 
 
निर्देशक वसन्त सापकोटाले निर्देशन गरेको भिडियोमा यस गीतका गायक दीपकले नै अभिनय गरेका छन् । अभिनयमा दीपकलाई भद्रगोलकी कलाकार रक्षा श्रेष्ठले साथ दिएकी छिन् ।  
 
वैँशालु उमेरमा एउटा युवकले हो होमै युवतीलाई मन पराउने र उसकै एकतर्फी मायामा डुब्ने र पछि वास्तविक जीवनमा आँफुले रोजेकी प्रेमीका पाएको रोचक कथालाई भिडियोले उतारेको छ । 
 
भिडियोमा अनिल मानन्धरको छायांकन, टेकेन्द्र शाहको सम्पादन रहेको छ । छक्का पञ्जा, हवल्दार सुन्तली, किस्मत २ लगायतका चलचित्रमा संगीत भरेर चर्चामा आएका संगीतकार दीपकले यो गीतले  आफ्नो जीवनमा विशेष अर्थ राख्ने बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ