arrow

सलमानका बुबा भन्छन्- 'सलमान, महेश भट्ट र करन जोहर कुख्यात अपराधी' !

logo
प्रकाशित २०७३ असोज १८ मंगलबार
PAGE-ENT-SALMAN-02-INSIDE.jpeg
एजेन्सी ।पाकिस्तानी कलाकाको समर्थन गरेका बलिउड अभिनेता सलमान खानको बचाउ गर्न उनका बुवा सलीम खानले ट्विट गरेका छन् । छोराको आलोचनाबाट  मीडियासँग  रिसाएका सलीम खानले ट्वीट गर्दै अब पुराना अपराधीको ठाँउ सलमान, महेश भट्ट, र करन जोहरले लिएको जिकिर गरेका छन् । उनले ट्वीटमा लेखेका छन् - 'न्यूज च्यानलको अपराधिको सूचीमा सईद, लखवी र मसूद जस्ता मोस्ट वान्टेडको ठाँउ अब सलमान खान, महेश भट्ट, करन जोहर र येचुरीले लिएका छन् । यी अब भारतका लागि खतरा हुन् ।'
 
सलीमले छोराका पक्षमा खुलेरै ट्विट गरेका छन् । सलीमले,- 'मलाई खुशी लागेको छ ।  कम से कम न्यूज च्यानलले देशलाई मनोरंजन त गराइरहेका छन् । मिस्टर येचुरी तपाई मानिसहरुलाई गालो बेइजति गर्नुको साटो शान्तिको कुरा गर्दै हुनुहुन्छ । सावधान रहनुस् , तपाई गद्दार घोषित हुन सक्नुहुनेछ । मिस्टर भट्ट हामि सीमा पारि किन हेर्ने , जब हाम्रो देशको टिभिमा नै यत्रो  प्रचंड र नाटकीय कलाकारको अकालन गरिएको छ ।' लेखेका छन । 
 
सलिमले सोमबार साँझ ट्वीट गरेका थिए । उरी  हमला पछि सलमानले पाकिस्तानी कलकारको समर्थन गर्दै कलकार र आतंकबादीमा फरक हुने बताएका थिए । उनले कलकारलाई सरकारले भिसा दिने भएकाले भारत आउने बताएका थिए । सलमानको यस भनाइ प्रति बलिउडमा ठुलै आलोचना भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ