arrow

ओबामा तिमी नर्क जान सक्छौ : फिलिपिनी राष्ट्रपति डुटर्टी

तिमी हतियार विक्रि गर्न चाहँदैनौं भने म रुस जान्छु

logo
प्रकाशित २०७३ असोज १९ बुधबार
news-filipini-prisd.jpeg
एजेन्सी । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टीले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई तिमी नर्क जाउ भन्दै खरो जवाफ दिएका छन् । लागुऔषधविरुद्ध भएको क्रुर युद्धलाई लिएर ओबामाले फिलिपिन्सको आलोचना गरेपछि डुटर्टीले यस्तो जवाफ दिएका हुन् । 
 
डुटर्टीले भने, ‘हामीलाई सहयोग गर्नुको साटो सुरुमा आलोचना गर्नु राज्यको विभाग हो । त्यसकारण तिमी नर्क जान सक्छौं, ओबामा तिमी नर्क जान सक्छौं ।‘यस्तै, आलोचक युरोपियन युनियनलाई पनि डुटर्टीले मोक्ष छान्नु राम्रो भन्दै सुझाव दिएका छन् । डुटर्टीको लागुऔषध युद्धले हजारौंको कानुन विपरित हत्या गरेको छ । 
 
स्थानीय अधिकारी र व्यवसायीमा बोल्दै डुटर्टीले अमेरिकाले गरेको आलोचनाप्रति आफु असन्तुष्टि रहेको बताएका छन् । मंगलबार उनले आफ्नै कार्यकालमा अमेरिकासँग सम्बन्धविच्छेद गर्ने चेतावनी दिँदै डुटर्टीले वरु रुस र चीनसँग आफुले लगनगाँठो गास्ने बताए । अमेरिकाले मनिलालाई हतियार विक्रि गर्न अस्वीकार गरेको कुरालाई जोड्दै डुटर्टीले हतियार अन्य ठाउँबाटै खरिद गर्न सकिने बताए । 
 
‘यदी तिमी हतियार विक्रि गर्न चाहाँदैनौं भने म रुस जान्छु । मैले जनरललाई रुस पठाएको छु । रुसले कुनै चिन्ता नलिनु भन्दै आवश्यक सम्पूर्ण सहयोग गर्ने जनाएको छ’, डुटर्टीले भने । उनले फेरि भने, ‘चीनले पनि आएर हस्ताक्षर गरे सम्पूर्ण सामग्री दिने बताएको छ ।‘



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ