arrow

सबै माग पूरा नभएसम्म आमरण अनसन–डा गोविन्द केसी

logo
प्रकाशित २०७३ असोज २० बिहिबार
govinda-kc-kabadi-bed-ma-sutdai.jpeg.jpeg
काठमाडौं । आमरण अनशनरत डा गोविन्द केसीले आफ्ना सबै माग पूरा नभएसम्म अनशन जारी रहने बताएका छन् ।
 
 चिकित्साशास्त्र अध्ययन संस्थान आईओएम कनिष्ठलाई डिन बनाइए आफूलाई मान्य नहुने पनि बताएका छन् ।
 
वरिष्ठताका आधारमा डा जगदीशप्रसाद अग्रवाल डिन नियुक्त हुनुपर्नेमा अख्तियारले त्रिविलाई पठाएको पत्र अघि सारेर उनीभन्दा कनिष्ठलाई डिन बनाउन खोजिएको उनको भनाइ छ ।
 
डा केसीले भने, ‘सबभन्दा वरिष्ठ डा अग्रवाललाई डिन बनाउनुपर्छ, वरिष्ठता मिचेर बनाइयो भने हाम्रो आन्दोलन रोकिँदैन ।’
 
‘सर्वोच्च अदालतले समेत अग्रवालको विषय अख्तियारको ‘जुरिडिक्सन’ भित्र पर्दैन भनेर भनिसकेको छ, त्रिविले मुद्दा परेका अरू व्यक्तिलाई डिन बनाउन मिल्ने तर सबभन्दा वरिष्ठलाई बनाउन किन नमिल्ने ? यसको रहस्य खोतल्नु आवश्यक छ,’ केसीले भने, ‘वरिष्ठ र इमानदार मान्छे डिन नबनाउने षड्यन्त्र गर्न थालिएको छ ।’
 
नवौं आमरण अनशनको दसौं दिन स्वास्थ्य निकै कमजोर भए पनि केसी आफ्ना मागमा अडिग छन् । 
 
रगतमा अक्सिजन स्याचुरेसनको कमीलगायतका समस्या देखिएपछि उनलाई अक्सिजन दिएर राखिएको छ ।
 
देशमा अख्तियारको समानान्तर सरकार नभई सरकार नै उसैको मात्र भएको भन्दै केसीले भने, ‘शीर्ष नेताहरू दुलोभित्र पसेका छन्, सरकारले उसकै चाकडी गरिरहेको छ ।’ (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ