arrow

राष्ट्रलाई अधोगतितर्फ लैजाने काम भइरहेको छ : झलनाथ खनाल

logo
प्रकाशित २०७३ असोज २० बिहिबार
jhalanath-khanel.jpeg
भक्तपुर । पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालले संविधान कार्यान्वयनमा मुख्य तीन दल मिल्नुको विकल्प नभएको बताएका छन् ।  
 
नेपाल वुद्धिजीवी परिषद् जिल्ला कार्यसमिति भक्तपुरले सूर्यविनायकमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता खनालले भने, ‘अहिले संविधान कार्यान्वयन गर्नुपर्ने समय हो, यो समयमा काँग्रेस, माओवादीको गठबन्धन सरकारले मात्रै सम्भव छैन, तीन दल नमिलेसम्म संविधान कार्यान्वयनमा सङ्कट आउँछ ।’ 
 
मुख्य तीन दलमध्येका दललाई नै बेवास्ता गर्दै अघि बढेर सत्ता पक्षले राष्ट्रलाई अधोगतितर्फ लैजान लागिरहेको नेता खनालको जिकिर छ । 
 
आगामी दिनमा हुने तीनवटै निर्वाचन एमालेका लागि चुनौती र अवसर भएकाले एक ढिक्का भएर अघि बढ्न खनालले कार्यकर्तालाई सुझाए । 
 
कार्यक्रममा एमाले केन्द्रीय सदस्य सोम मिश्र, नेपाल वुद्धिजीवी परिषद्का केन्द्रीय अध्यक्ष दिनेशचन्द्र देवकोटा, एमाले भक्तपुर जिल्ला उपाध्यक्ष बचन देउवालगायतले संविधान कार्यान्वयनलाई पार्टीले मुख्य कार्यका रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ